शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका विद्यालय बन्द


रासस प्रकाशित: २०७६-९-६ गते
शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका विद्यालय बन्द

सप्तरी (सिमरा) । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । 

राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये हाललाई आजदेखि मङ्गलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ । बन्दको निर्णयपछि राजविराज नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय तीन दिनसम्म बन्द रहने नगरउपप्रमुख साधना झाले बताए ।

तिलाठी कोइलाडी गाउँपालिकाले समेत चार दिनका लागि सामुदायिक विद्यालय बन्द गरेको छ । गाउँपालिका अध्यक्ष शतिशकुमार सिंहले गाउँपालिकाका १७ सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

सप्तकोशी नगरपालिकाले बिहीबारदेखि सोमबारसम्म पाँच दिनका लागि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बन्दको निर्णयपछि सोमबारसम्मका लागि सप्तकोशी नगरपालिकाका सात आधारभूत र चार माध्यमिक विद्यालय बन्द भएको शिक्षा शाखाका प्रमुख रामदेव चौधरीले बताए ।

सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित र विपन्न परिवारका भएकाले बाक्लो र पर्याप्त कपडा अभावमा चिसोले बिरामी पर्न सक्ने भन्दै स्थानीय तहले विद्यालय बन्द गरेका हुन् ।  

बलानविहुल गाउँपालिकाले पनि विद्यालय बन्द गर्न मौसमको अवस्था मूल्याङ्कन गर्न केहीबेरमा बैठक बस्न लागेको गाउँपालिका अध्यक्ष दयानन्द गोइतले बताए । दिनभरि बाक्लो हुस्सु लाग्ने र कठ्याङ्ग्रिने जाडो बढेकाले त्यसको असरबाट बच्न जिल्लाका विभिन्न चोक र सार्वजनिकस्थलमा आगो बालिएको छ । 


मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित
मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित

काठमाडौ । नजिकिँदै गएको सरस्वती पूजाको लागि मूर्ति बनाउन माटोको अभाव भएपछि पर्साको पोखरीया नगरपालिका–९ का कालीगढ शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएकाले चिन..

पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !
पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !

काठमाडौं । चिनको दम (बलबुते)मा कुदिरहेको पाकिस्तानलाई चिनले आफ्नो असली रुप देखाउन लागेको छ । चिनले पाकिस्तानीहरुको नवाज पढ्ने अधिकार खास्न लागेको हो ।  यस भन्दा पहिला..

बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने
बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने

काठमाडौं । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पत्रकार सम्मेलनमा सरकारले जर्मनीको बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको जग्गा र भवन बेच्ने निर्णय ग..

‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’
‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुढो बाघको संज्ञा दिएका छन् ।  उनले ट्व..