ठेकेदारको लापरबाहीका कारण अझै पूरा भएन दक्षिणकालीकाे सडक


नेपाल पाना प्रकाशित: २०७६-९-१९ गते
ठेकेदारको लापरबाहीका कारण अझै पूरा भएन दक्षिणकालीकाे सडक

काठमाडौँ । काठमाडौँको चोभारदेखि दक्षिणकाली जाने सडकको निर्माण मङ्सिरमै पूरा गर्ने प्रतिबद्धता जनाइए पनि सम्बन्धित निकायको कमजोरी र ठेकेदार कम्पनीको लापरबाहीका कारण अझै पूरा हुन सकेको छैन ।

सो सडक निर्माण हुन नसक्दा सुरु हुन लागेको नेपाल भ्रमण वर्षको सन्दर्भमा पर्यटनको एक महत्वपूर्ण गन्तव्यका रूपमा रहेको दक्षिणकालीसमेत ओझेलमा पर्ने देखिएको छ ।

सङ्घीय राजधानी काठमाडौँ र प्रदेश ३ को राजधानी हेटौँडा जोड्ने सबभन्दा छोटो वैकल्पिक बाटोका रूपमा रहेकोे यो सडक सम्बन्धित निकाय र स्थानीय जनप्रतिनिधिले मङ्सिरभित्रै निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि अहिले निर्माण कार्य भने कछुवा गतिमा अगाडि बढेको छ ।  

काम नगर्नेले उल्टै अनेक बहानाबाजी गर्ने गरेको पाइएको छ । वर्षायाममा काम भएन, दशैँ–तिहारले काम भएन, अनि अर्को बहाना सुरु भएको छ– चिसोले काम हुन सकेको छैन ।  

यो सडकखण्ड निर्माण हुन नसक्दा वर्षाको समयमा हिलो तथा हिउँदको समयमा धुलोले यहाँका बासिन्दा र यात्रुले सास्ती व्यहोर्दै आएका छन् । उनीहरूको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ । यो सडकको कुल लम्बाइ ९.३६ किलोमिटर छ । यो समाचार गोरखापत्रले छापेको छ । 


मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित
मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित

काठमाडौ । नजिकिँदै गएको सरस्वती पूजाको लागि मूर्ति बनाउन माटोको अभाव भएपछि पर्साको पोखरीया नगरपालिका–९ का कालीगढ शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएकाले चिन..

पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !
पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !

काठमाडौं । चिनको दम (बलबुते)मा कुदिरहेको पाकिस्तानलाई चिनले आफ्नो असली रुप देखाउन लागेको छ । चिनले पाकिस्तानीहरुको नवाज पढ्ने अधिकार खास्न लागेको हो ।  यस भन्दा पहिला..

बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने
बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने

काठमाडौं । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पत्रकार सम्मेलनमा सरकारले जर्मनीको बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको जग्गा र भवन बेच्ने निर्णय ग..

‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’
‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुढो बाघको संज्ञा दिएका छन् ।  उनले ट्व..