श्रीलङ्काविरुद्धको दोस्रो टी–२० मा भारतको विजयी


नेपाल पाना प्रकाशित: २०७६-९-२३ गते
श्रीलङ्काविरुद्धको दोस्रो टी–२० मा भारतको विजयी

काठमाडौं । भारतको इन्डोरमा मङ्गलबार राति भएको श्रीलङ्काविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ । 

भारतले पाहुना टोली श्रीलङ्कालाई सात विकेटले हरायो । जीतसँगै भारतले तीन खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । दुई टोलीबीचको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो ।

श्रीलङ्काले दिएको एक सय ४३ रनको विजयी लक्ष्य पछ्याएको भारतले १७।३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । भारतको लागि लोकेश राहुलले सर्वाधिक ४५ रन बनाए । श्रेयस आयरले ३४, शिखर धवनले ३२ र कप्तान विराट कोहली अविजित २४ रन बनाए । श्रीलंकाका वाविन्दु हसरंगाले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ४२ रन बनाएको थियो । श्रीलंकाका कुशल परेराले ३४, अभिस्का फर्नान्डोले २२ र दनुस्का गुनाथिलकाले २० रन बनाए । भारतका सार्दुल ठाकुरले तीन विकेट लिए । नाभदीप सैनी र कुलदीप यादवले दुई दुई विकेट लिएका थिए । तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।


मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित
मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित

काठमाडौ । नजिकिँदै गएको सरस्वती पूजाको लागि मूर्ति बनाउन माटोको अभाव भएपछि पर्साको पोखरीया नगरपालिका–९ का कालीगढ शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएकाले चिन..

पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !
पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !

काठमाडौं । चिनको दम (बलबुते)मा कुदिरहेको पाकिस्तानलाई चिनले आफ्नो असली रुप देखाउन लागेको छ । चिनले पाकिस्तानीहरुको नवाज पढ्ने अधिकार खास्न लागेको हो ।  यस भन्दा पहिला..

बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने
बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने

काठमाडौं । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पत्रकार सम्मेलनमा सरकारले जर्मनीको बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको जग्गा र भवन बेच्ने निर्णय ग..

‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’
‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुढो बाघको संज्ञा दिएका छन् ।  उनले ट्व..