आयोजना पूरा हुँदैनन्, किन ?


नेपाल पाना प्रकाशित: २०७६-९-२३ गते
आयोजना पूरा हुँदैनन्, किन ?

काठमाडौँ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि उच्चस्तरीय निर्देशक समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका सातमध्ये पाँचवटा गौरवका आयोजना निर्माणमा मन्त्रालयहरूबीचै समन्वय अभाव देखिएपछि समितिले त्यस्तो निर्देशन दिएको हो ।

देशभर २१ वटा गौरवका आयोजना सञ्चालनमा छन् । तीमध्ये भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत काठमाडौं–तराई द्रुतमार्ग, हुलाकी सडक, रेलवे तथा मेट्रो विकास, मध्यपहाडी राजमार्ग र कर्णाली–कोसी–गण्डकी करिडोरको भौतिक प्रगति, वित्तीय व्यवस्थापन र निर्माण पूरा गर्न भएका प्रयासका विषयमा समितिमा छलफल भएको थियो । 

यी आयोजनाले चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा विनियोजितमध्ये ११ प्रतिशत रकम मात्र खर्च गरेका छन् । मन्त्री वसन्तकुमार नेम्वाङको नेतृत्वमा सचिव, सडक विभागका महानिर्देशक, सेना र आयोजना प्रमुखहरूसँग शुक्रबार भएको बैठकमा सांसदहरूले आयोजना निर्माणमा सरकारी निकायबीच समन्वय नहुनु मुख्य समस्या भएको बताएका थिए ।

उनीहरूले मुआब्जा वितरण, जग्गा अधिग्रहण, वन एवं राष्ट्रिय निकुञ्ज तथा आरक्षण क्षेत्रको झन्झटिलो कानुनी प्रक्रियाले आयोजना पूरा गर्न कठिनाइ भएकालाई त्यसलाई सहज बनाउन सुझाएका थिए । समितिले यसअघि दिएका निर्देशनअनुसार काम नभएको र समन्वय अभाव देखिएको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका थिए । 

छलफलपछि समिति सभापति दिलकुमारी रावल थापा पार्वतीले अन्तरमन्त्रालय निकाय तथा अन्य आयोजनाबीच समन्वय गर्न र निर्धारित समयमा पूरा गर्न उच्चस्तरीय निर्देशक समिति गठन गर्न सरकारलाई निर्देशन दिइन् । कान्तिपुर दैनिकबाट


मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित
मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित

काठमाडौ । नजिकिँदै गएको सरस्वती पूजाको लागि मूर्ति बनाउन माटोको अभाव भएपछि पर्साको पोखरीया नगरपालिका–९ का कालीगढ शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएकाले चिन..

पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !
पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !

काठमाडौं । चिनको दम (बलबुते)मा कुदिरहेको पाकिस्तानलाई चिनले आफ्नो असली रुप देखाउन लागेको छ । चिनले पाकिस्तानीहरुको नवाज पढ्ने अधिकार खास्न लागेको हो ।  यस भन्दा पहिला..

बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने
बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने

काठमाडौं । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पत्रकार सम्मेलनमा सरकारले जर्मनीको बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको जग्गा र भवन बेच्ने निर्णय ग..

‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’
‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुढो बाघको संज्ञा दिएका छन् ।  उनले ट्व..