अवैध लागूऔषधसहित ३ जना परे प्रहरीकाे फन्दामा


नेपाल पाना प्रकाशित: २०७६-९-२३ गते
अवैध लागूऔषधसहित ३ जना परे प्रहरीकाे फन्दामा

काठमाडौं । प्रहरीले मकवानपुर र धादिङबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट १० किलो १ सय ८० ग्राम अवैध लागूऔषध गाँजासहित २ जना बुधबार दिउँसो पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बीआर ०१ सीएम् ६२४६ नम्बरको भारतीय कार चेकजाँच गर्ने क्रममा कारको डिकीभित्रबाट उक्त गाँजा बरामद भएको हो । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने खुलाएको छैन ।

यस्तै धादिङको थाक्रे गाउँपालिका-७ हाप्सेचौरस्थित त्रिभुवन राजपथबाट चरेससहित एक जना पक्राउ परेका छन् । करिब ४ सय ग्राम चरेससहित मकवानपुर थाहा नगरपालिका-६ बस्ने १७ वर्षीय अनिष मिजार बुधबार पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले मकवानपुर काठमाडौतर्फ आउँदै गरेको बा.२ ख ४९७२ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा हातेझोलाभित्र लुएकार ल्याउँदै गरेको अवस्थामा उनी चरेससहित पक्राउ परेका हुन् । घट्नाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित
मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित

काठमाडौ । नजिकिँदै गएको सरस्वती पूजाको लागि मूर्ति बनाउन माटोको अभाव भएपछि पर्साको पोखरीया नगरपालिका–९ का कालीगढ शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएकाले चिन..

पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !
पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !

काठमाडौं । चिनको दम (बलबुते)मा कुदिरहेको पाकिस्तानलाई चिनले आफ्नो असली रुप देखाउन लागेको छ । चिनले पाकिस्तानीहरुको नवाज पढ्ने अधिकार खास्न लागेको हो ।  यस भन्दा पहिला..

बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने
बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने

काठमाडौं । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पत्रकार सम्मेलनमा सरकारले जर्मनीको बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको जग्गा र भवन बेच्ने निर्णय ग..

‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’
‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुढो बाघको संज्ञा दिएका छन् ।  उनले ट्व..