अनेरास्ववियूमा पूर्वएमाले र पूर्वमाओवादीवीच हँगामा


नेपाल पाना प्रकाशित: २०७६-९-२८ गते
अनेरास्ववियूमा पूर्वएमाले र पूर्वमाओवादीवीच हँगामा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी भ्रातृ संगठन अनेरास्ववियूको बैठकमा पूर्वएमाले र पूर्वमाओवादी निकटका विद्यार्थीवीच भाँडभैलो मच्चिएको छ ।

आइतबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा दुई विद्यार्थी संगठनवीचको एकीकरणपछि बसेको पहिलो पूर्ण बैठक र शपथ ग्रहणको कार्यक्रममा पूर्वएमालेवालाहरूले पेल्न खोजेपछि हँगामा भएको हो ।

पूर्वएमालेबाट पेल्न खोजेको भन्दै पूर्वमाओवादी निकटका विद्यार्थीले हँगामा माच्चाएका थिए । नेकपा (एमाले) र माओवादी केन्द्रवीच पार्टी एकीकरण भएपछि सहज रुपमा समायोजन हुन सकिरहेको छैन । दुई अध्यक्ष एक भएको जस्तो देखिएपनि नेकपाभित्र असन्तुष्टि रहेको छ । समायोजनका क्रममा अनेरास्ववियू पूर्वमाओवादीको भागमा परेको छ ।

पूर्वमाओवादीका विद्यार्थी नेता रञ्जित तामाङ अनेरास्ववियूको संयोजक छन् । सह–संयोजकमा ऐन महर छन् । महर पूर्वएमाले हुन् । अनेरास्ववियूको बैठक र शपथ ग्रहणमा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली र नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल आउने जानकारी दिइएको थियो । तर, ओलीले स्वास्थ्यको कारण देखाउँदै आफू अनेरास्ववियूको कार्यक्रममा आउन नसक्नेभन्दै नेकपाका महासचिव विष्णु पौडेललाई पठाइदिएका थिए । ओली आफू नगएर महासचिव पौडेललाई अनेरास्ववियूको कार्यक्रममा पठाएपछि दाहालपनि गएनन् । ओलीले आफूलाई महासचिव पौडेलसँग कार्यक्रममा पठाएको भन्दै अपमान ठानेर अनेरास्ववियूको कार्यक्रममा नगएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले अनेरास्ववियूमा पूर्वमाओवादीको पकड रहेको भन्दै धेरै महत्व नदिएको अनेरास्ववियूका एक केन्द्रीय सदस्यले बताए । सोही कारण ओली आफू नगएर महासचिव पौडेललाई पठाएका थिए । पौडेलले नै अनेरास्ववियूका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई आइतबार पद तथा गोपनीयताको शपथ खुवाएका छन् । नेकपाका महासचिव पौडेलसँग ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटीका सदस्यले शपथ लिएका छन् । अनेरास्ववियूले संगठनमा ४५ सदस्यीय स्थायी समिति पनि बनाएको छ । ४५ सदस्यीय स्थायी समितिमा पूर्वएमाले निकट अनेरास्ववियूबाट २४ र पूर्वमाओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी)बाट २१ जना छन् । यसअघि अनेरास्ववियू १८ पुसमा एकीकृत केन्द्रीय समितिको नाम टुंगो लगाएको थियो ।


पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !
पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !

काठमाडौं । चिनको दम (बलबुते)मा कुदिरहेको पाकिस्तानलाई चिनले आफ्नो असली रुप देखाउन लागेको छ । चिनले पाकिस्तानीहरुको नवाज पढ्ने अधिकार खास्न लागेको हो ।  यस भन्दा पहिला..

बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने
बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने

काठमाडौं । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पत्रकार सम्मेलनमा सरकारले जर्मनीको बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको जग्गा र भवन बेच्ने निर्णय ग..

‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’
‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुढो बाघको संज्ञा दिएका छन् ।  उनले ट्व..

‘गुण्डा’ र ‘हत्यारा’पछि अदालतबाट सजाय पाएर फरार व्यक्तिलाई सांसद बनाउँदै  नेकपा
‘गुण्डा’ र ‘हत्यारा’पछि अदालतबाट सजाय पाएर फरार व्यक्तिलाई सांसद बनाउँदै  नेकपा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठबन्धनले अदालतबाट सजाय पाएर फरार रहेका व्यक्तिलाई माघ ९ गतेको राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाएको छ । प्रदेश २ मा ने..