शक्तिको उन्मादले मात्तिएका ओली–प्रचण्डलाई तह लगाउने यी हुन साहसी महिला


नेपाल पाना प्रकाशित: २०७६-९-२८ गते
शक्तिको उन्मादले मात्तिएका ओली–प्रचण्डलाई तह लगाउने यी हुन साहसी महिला

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र एक महिलाले अहिले तहल्का मच्चाएकी छिन् । सधै टाउके नेताको निर्देशन र मनोमानीमा चल्दै आएको कम्युनिस्ट पार्टीमा अहिले भने ती महिलाले ठाडै चुनौती दिएर अघि बढेकी छिन् । पार्टीमा आफूलाई सर्वेसर्वा ठान्ने प्रधानमन्त्री एवं वरिष्ठ अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चक्मा दिँदै अघि बढेकी महिला नेता अरु कोही नभएर हालकी उपसभामुख शिवमाया तुम्बाहाम्फे हुन् । उनले शक्तिको उन्माद चढेका पृत्तसत्तात्मक सोच भएका नेतालाई मात्र होइन सिंगो पार्टीलाई नै चुनौती दिँदै अघि बढेकी छिन् त्यो पनि चेन अफ कमाण्ड हुने कम्युनिस्ट पार्टीभित्र । उनको साहसलाई धेरैले सलाम गरिरहेका छन् । उनका अगाडि आफूलाई सर्वशक्तिमान ठान्ने ओली र प्रचण्ड समेत फेल खाएका छन् । शिवमायाले आफूलाई राजीनामा दिन लगाउने नेकपा केन्द्रीय सचिवालय निर्णयलाई चुनौती र ओली प्रचण्डको आग्रहलाई ठाडै अस्वीकार गरेकी छिन् । आफूलाई सभामुख बनाउने ग्यारेन्टी भएमात्र राजीनामा गर्ने, नत्र उपसभामुख पदबाट कुनैहालतमा राजीनामा नदिने उनको अडान छ । महिला भएकैले पार्टीभित्रबाट पेल्न खोजेको महसुस गरेकी शिवमायाले उल्टै पृत्तसतात्मक सोच भएका पुरुष नेताहरुलाई पेल्दै अघि बढेकी छिन् । शिवमायाको यो लडाईलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पर्दा पछाडिबाट दरिलो साथ दिएकी छिन् । नेकपाभित्र महिला नेतृहरु उपेक्षामा परेका बेला शिवमायाले भने ओली प्रचण्डलाई आच्छु आच्छु पारेकी छिन् ।


पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !
पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !

काठमाडौं । चिनको दम (बलबुते)मा कुदिरहेको पाकिस्तानलाई चिनले आफ्नो असली रुप देखाउन लागेको छ । चिनले पाकिस्तानीहरुको नवाज पढ्ने अधिकार खास्न लागेको हो ।  यस भन्दा पहिला..

बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने
बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने

काठमाडौं । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पत्रकार सम्मेलनमा सरकारले जर्मनीको बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको जग्गा र भवन बेच्ने निर्णय ग..

‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’
‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुढो बाघको संज्ञा दिएका छन् ।  उनले ट्व..

‘गुण्डा’ र ‘हत्यारा’पछि अदालतबाट सजाय पाएर फरार व्यक्तिलाई सांसद बनाउँदै  नेकपा
‘गुण्डा’ र ‘हत्यारा’पछि अदालतबाट सजाय पाएर फरार व्यक्तिलाई सांसद बनाउँदै  नेकपा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठबन्धनले अदालतबाट सजाय पाएर फरार रहेका व्यक्तिलाई माघ ९ गतेको राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाएको छ । प्रदेश २ मा ने..