पूर्वमाओवादीहरुको आक्रोशः पार्टीमा पूर्वएमाले मात्रै सक्षम, विद्या–केपीको मात्रै राज चल्ने?


नेपाल पाना प्रकाशित: २०७६-९-२९ गते
पूर्वमाओवादीहरुको आक्रोशः पार्टीमा पूर्वएमाले मात्रै सक्षम, विद्या–केपीको मात्रै राज चल्ने?

काठमाडौं । सभामुख चयनको विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र असन्तुष्टि बढेको छ । विशेषगरी पूर्वमाओवादी समूहका सदस्यहरुले सम्पूर्ण प्रमुख पदमा पूर्वएमालेका तर्फबाट मात्रै नियुक्त भइरहेको प्रसंग निकाल्दै सभामुख पनि पूर्वएमाले समूहले नै हत्याउने प्रयास गर्नु एकताका लागि घातक हुने चेतावनी दिएका छन् ।

पार्टीका सम्पूर्ण पक्षको मनोविज्ञान नेतृत्वले बुझ्नुपर्ने उनीहरुको सुझाव छ । नेकपाका नेता एवं पूर्वसांसद जनकबहादुर बुढाले नेकपामा पूर्वएमालेका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, संबैधानिक आयोगको प्रमुखमा समेत पूर्वएमाले समूह सक्षम भन्दै हावी भएको तथ्य प्रस्तुत गर्दै यसरी पार्टी नचल्ने चेतावनीयुक्त आशय प्रस्तुत गरेका छन् ।

समावेशिताका लागि सभामुख पूर्वमाओवादी समूहबाटै हुनुपर्ने उनको माग छ ।

उनले आफ्नो असन्तुष्टि यसरी पोखेका छन्ः

अक्सर सुन्ने गरिन्छः हैन अबत पार्टी एक भएको हो किन माओवादी र एमाले भनेर हिस्सा माग्ने जो सक्षम छ त्यसलाई बनाउने हो । सबैभन्दा सक्षम केपी ओली, त्यसकारण प्रधानमन्त्री । सबैभन्दा सक्षम विद्या भण्डारी त्यसकारण राष्ट्रपति । अब एउटै भएपछि पुर्ब पश्चिम् भन्नू हुन्न । राम्रो उहाँ हो राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना । सदन चलाउन अलि अनुभवी मिलाएर लैजाने मान्छे चाहिन्छ क्या । सभामुख सुवास नेम्वाङ नभए महिला पनि जनजाति पनि पढेलेखेकी शिबमाया । एमाले हिजो ठूलो पार्टी पनि हो । मनोविज्ञानको कुरो पनि हुन्छ । त्यसकारण पहिलो नंम्बरको अध्यक्ष केपी ओली । सबैले पत्याउने खालको हुनुपर्छ । अहिलेसम्म बनाएका संबैधानिक आयोगको प्रमुख आफैले भनेका मान्छे । हामी पनि बुझ्छौं महोदय । पार्टी मिसाएको होकी एकता गरेको हो ? सामान्य मनोबिज्ञान पनि बुज्नु पर्छ कि पर्दैन ? बात कर्ते हो यार ।


पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !
पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !

काठमाडौं । चिनको दम (बलबुते)मा कुदिरहेको पाकिस्तानलाई चिनले आफ्नो असली रुप देखाउन लागेको छ । चिनले पाकिस्तानीहरुको नवाज पढ्ने अधिकार खास्न लागेको हो ।  यस भन्दा पहिला..

बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने
बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने

काठमाडौं । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पत्रकार सम्मेलनमा सरकारले जर्मनीको बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको जग्गा र भवन बेच्ने निर्णय ग..

‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’
‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुढो बाघको संज्ञा दिएका छन् ।  उनले ट्व..

‘गुण्डा’ र ‘हत्यारा’पछि अदालतबाट सजाय पाएर फरार व्यक्तिलाई सांसद बनाउँदै  नेकपा
‘गुण्डा’ र ‘हत्यारा’पछि अदालतबाट सजाय पाएर फरार व्यक्तिलाई सांसद बनाउँदै  नेकपा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठबन्धनले अदालतबाट सजाय पाएर फरार रहेका व्यक्तिलाई माघ ९ गतेको राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाएको छ । प्रदेश २ मा ने..