भीम रावललाई बालुवाटारभित्रै ज्यान मार्ने धम्की दिने को हुन्? यस्तो भयो खुलाशा !


नेपाल पाना प्रकाशित: २०७६-९-२९ गते
भीम रावललाई बालुवाटारभित्रै ज्यान मार्ने धम्की दिने को हुन्? यस्तो भयो खुलाशा !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता भीम रावललाई केही दिनअघि ज्यान मार्ने धम्की आयो । त्यो पनि देशकै सबैभन्दा सुरक्षित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्रै ।

आफ्नै पार्टी र अझ पूर्वएमालेकै नेता केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला उनीमाथि मार्ने धम्की कसले दियो भन्ने चासो पार्टीपंक्ति र आमनागरिकमा देखिएको छ । रावलले धम्की आएको खुलाए पनि कसले धम्की दियो भन्ने चाही खुलाएका छैनन् ।

हामीले रावलनिकट स्रोतसँग बुझ्ने प्रयास गर्दा उनलाई प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुबाट नै यस्तो धम्की आएको हो । सरकारको पटक पटक विरोध र आलोचना गरेको भन्दै उनीहरुले मुख बन्द गर्न चेतावनी दिँदै नभए संसारबाटै विदा लिनुपर्ला भन्ने धम्की दिएको स्रोतको दाबी छ । पछिल्लो समय रावलसँग सचिवालयका सदस्यहरु पनि रुष्ट छन् । उनीहरु प्रधानमन्त्रीलाई जानकारी नदिइ विभिन्न कदमहरु पनि उठाउने गर्छन । धम्की पनि प्रधानमन्त्रीलाई जानकारी नदिइ सदस्यहरुले रावल बालुवाटार गएको बेला दिएको हुनसक्ने अनुमान गरिएको छ ।

पछिल्लो समय रावलको प्रेस सल्लाहकार सूर्य थापासँग चर्काे दोहोरी परिरहेको छ । यसअघि विष्णु रिमालसँग पनि रावलको चर्काचर्की परेको थियो । पार्टीको स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज रावलले पछिल्लो समय सकारका गलत कदमको आलोचना गर्दै आएका छन् ।

पछिल्लो समय उनले एमसीसीको चर्काे विरोध गर्दै जस्ताको तस्तै स्वीकार गर्न नहुने अडान राख्दै आएका छन् । सरकारका अन्य निर्णयमा पनि उनी प्रतिपक्षी भूमिका जस्तै देखिने गर्छन । ‘बालुवाटारका मान्छेबाट मलाई ज्यानको समेत धम्की दिइएको छ’ नेता रावलले भनेका छन, ‘लेडी डायनाले जसरी ज्यान गुमाउनु प¥यो , तिमीले पनि त्यसरी नै ज्यान गुमाउनु पर्ला भनियो ।’ नेता रावलले कसैको मृत्यु वा हत्याले त्यस व्यक्तिको राष्ट्र राष्ट्रियताका पक्षमा निस्किएका आवाजहरु हराएर नजाने बताए । ‘मलाई मार्छु भन्ने व्यक्तिले के सम्झनु पर्छ भने पुष्पलालको मृत्यु भएर नेपालको कम्युनिस्ट आन्दोलन र देशभक्ति पूर्ण आवाजहरु हराएर जाँदैनन् भन्ने स्मरण गर्नुपर्छ’ उनले भने, ‘मदन भण्डारीलाई दासढुंगामा गाडी दुर्घटनाको मञ्चन गरेर हत्या गर्दा मदन भण्डारीका देशभक्तपूर्ण आवाज नेपाली धर्तीबाट रोकिएका छैनन् भन्ने कुरा मलाई जीवनको धम्की दिनेहरुले राम्ररी स्मरण गर्नुपर्ने हुन्छ ।’ यस्ता धम्कीबाट आफू नडराउने भन्दै नेता रावलले भने,‘म त्यसबाट डराउँदिन । र म स्मरण गराउन चाहन्छु कोही व्यक्ति पनि यो धर्तीमा अजर अमर छैनन् भन्ने कुरा प्रत्येक व्यक्तिले हेक्का राख्नुपर्छ ।’ आफूले पार्टीको स्थायी कमिटी बैठकमा अमेरिकाले नेपाललाई दिने सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बारे कुरा उठाउँदा त्यसको प्रतिवाद राजनीतिक रुपमा नभएर ज्यान मार्ने धम्की तर्फ गएको रावलको दाबी छ ।

‘एमसीसी जुन बुँदाहरु उठाएको छु यो झुठा हुन् भनेर भने भयो । यो यति कारण पास गर्नुपर्छ । यो सहमतिमा रावलले भनेको कुरा लेखिएको छैन भनेर खण्डन गरे हुन्छ’ नेता रावलले भने, ‘तर ज्यानको धम्की दिने कुरा आजको राजनीतिक प्रणालीसँग मेल नखाले कुरा हो ।’ रावलले धम्की आएको बताएका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा यसलाई छुटो दाबी गर्दै हिँडिरहेका छन् ।

जबकी उनलाई भीम रावललाई धम्की दिइयो कि दिइएन, अथवा कसले दियो भन्ने जानकारी हुने कुरा हैन । दिएको भए यसले दियो नभए थाहा छैन भन्नुपर्नेमा उनी रावलको दाबी झुटो भएको दाबी गर्छन । थापाको यो कुराले पनि रावललाई धम्की दिइएको कुरालाई बल दिन्छ


मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित
मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित

काठमाडौ । नजिकिँदै गएको सरस्वती पूजाको लागि मूर्ति बनाउन माटोको अभाव भएपछि पर्साको पोखरीया नगरपालिका–९ का कालीगढ शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएकाले चिन..

पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !
पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !

काठमाडौं । चिनको दम (बलबुते)मा कुदिरहेको पाकिस्तानलाई चिनले आफ्नो असली रुप देखाउन लागेको छ । चिनले पाकिस्तानीहरुको नवाज पढ्ने अधिकार खास्न लागेको हो ।  यस भन्दा पहिला..

बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने
बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने

काठमाडौं । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पत्रकार सम्मेलनमा सरकारले जर्मनीको बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको जग्गा र भवन बेच्ने निर्णय ग..

‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’
‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुढो बाघको संज्ञा दिएका छन् ।  उनले ट्व..