पाकिस्तानको ठुलो गल्तीले मुस्लिम संगठनभित्रको विभेद स्पष्ट गर्छ!

  |   प्रकाशित :

५७ मुस्लिम राष्ट्रहरु मध्ये केवल २० राष्ट्रमात्र मलेसियामा 'ईस्लामफोबिया' र 'इस्लामिक' विश्वलाई विवादित बने राखेका मुद्दाहरुका सम्बन्धमा छलफल गर्न भेला भएका थिए, त्यसै क्रममा तिनीहरुबिचको आन्तरिक प्रतिद्वान्दिता तथा आपसी मतभेदका मुद्दाहरु नराम्री सार्वजनिक हुन गएको थियो । तर तासका पत्ताहरु मध्ये सबभन्दा नराम्रो रहेको जोकर जस्तै पाकिस्तानले त्यसलाई सघाउनुको सत्ता पछी हट्न गयो । मलेसियाका महाथिर मोहम्मद बिश्वास र आँट गरेर पाँचौ सम्मेलान कुवालालामपुरमा आयोजना गर्ने योजनाबारे बताएका थिए ।पछी इमरान खानले दुई मुख्य प्रतिद्वन्दी साउदी अरेबिया र इरानबीच मध्यस्तता गर्ने चर्चा गरेपछि रियादको चुनौती पश्चात पाकिस्तान एक्लै त्यस सम्मेलन बात बाहिरिएको थियो ।

आलोचकहरुले बताए अनुसार पाकिस्तानका इमरान खानको कुटनीति आत्मकेन्द्रित र असम्बेदंसील रहेको कारण उसमाथि 'ट्रंप-जस्तै' काम कारवाही गर्ने र आलेशमा आएर निर्णय गर्ने तथा बिगत र बर्तमानमा कार्यरत रहेका अनुभवी कुटनीतियज्ञहरु संग सर-सल्लाह नै नगरी मन लागि कुटनीति संचालन गर्नु छ । उसले खासगरिकन टर्की र मलेसियालाई समेत क्रोधित बनाइ दिएको छ ।किनकि आतंकवादलाई बितिय सहयोग गर्ने एफ.ए.टी.एफ. योजनालाई पाकिस्तानले रुचाउँदा तिनी दुबैले त्यसलाई कालो सुचिमा राखेका थिए । टर्कीका राष्ट्रपति ईर्दोगेनले साउदीसंग गरेको बाचा बिपरित कार्य गरेको आरोपका बारीमा समेत सार्वजनिक गरेका थिए । ईर्दोगेनले इस्लामावादले बिगतमा पनि साउदी र युएईको दवाब खप्नु परेको प्रसंगलाई राम्रो दृष्टान्त भएको समेत उल्लेख गरेका थिए । इस्लामावादस्थित साउदी दुतावासले त्यस आरोपलाई गलत समाचारको संघया दिए पनि कसैले पत्याएका थिएन् ।

स्थानीय टिप्पणीकारहरुले इस्लामावादको रियाद तथा तेहरानसँग वास्तविक सम्बन्ध वा समझदारी नरहेको समेत बताएका थिए त्यसैले खानले मध्यस्तकर्ताको रूपमा प्रस्तुत गर्ने कुरा नै गर्नु पर्ने थिएन । बास्तवमा भन्ने हो भन्ने सबभन्दा पछिल्लो प्रसंग पाकिस्तानको स्वतन्त्रता र समानतासँग सम्बन्धित रहेकोले उसले मध्यपुर्वको क्षेत्रीय शक्ति संघर्षलाईख्याल गरी तद्नूरूप आफ्नो क्षमता प्रदर्शन गर्नु पर्ने प्रश्न उसका सामु तर्सिन आएको छ ।

तिनीहरुले बताएका छन् कि पाकिस्तानको कुटनीतिक पकड़ गम्भीर रूपले बर्षौदेखि खस्कदै आएको कारण उसको राजनीतिक अस्थिरता र आर्थिक असुरक्षा रहेको छ । यो त्यस्तो राष्ट्रहरुको प्रवृति राष्ट्र जस्तो रहेको छ जसले आफु बराबरको राष्ट्र राष्ट्र जस्तो बन्न खोजेको हुन्छा । खान र उसका तगडा प्रतिद्वन्दी निवर्तमान प्रधानमन्त्री नवाज शरिफबीच तुलना गर्न सकिदैन किन कि त्यो उपयुक्त छैन ।मुशर्रफले उनलाई फालेपनि शरिफले नौ वर्षसम्म साउदीका राजकीय सम्मान साथ् बस्ने सुबिधा र अवसर प्राप्त गरेका थिए । र तैपनि शरिफले साउदीको दवावमा यमनमा पाकिस्तानी सेनालाई लड्न पठाउनु परेको थियो । दोश्रो कुरा, यदि खानले मलेसियासँग, जो दक्षिण पुर्व एसियालाईमुस्लिम राष्ट्रहरुसँग दीर्घकाल देखि अपेक्षित रहेको छ, राम्रो सम्बन्ध बनाउने प्रयास गरि रहेको छ भन्ने त्यसलाई सहि गृहकार्य गरेको रूपमा लिन सकिन्छ । 

मुस्लिम र गल्फ राष्ट्रहरु मध्येको मतभिन्नताअब बाहिरी रूपमा जाहीर भैसकेको छ । साउदीले के.एल. सम्मेलनको बिरोध गर्नुको उदेश्य उसले नियन्त्रित गर्ने ओ.आई.सी.लाई महत्व दिन नखोज्नु रहेको थियो । जब महाथिरले साउदी राजालाई टेलिफोन गरेका थिए त्यति बेला उनले त्यसको पुष्टि गरेका थिए । यी तीन देशका नेताहरुको उपस्थिति नै साउदी सम्मेलनको बिरोध गर्नुको मुख्य कारण रहेको थियो । यसपछी रियादले इरान र टर्की समेतसँग प्रतिष्पर्धा गर्दैछ । ईजिप्त र युएई साउदी शिविरको घेरा भित्र रहेको छ । कतार साउदी र युएईसँग मिलेर दाउ खेल्दैछ भने टर्की र इरानको घनिष्ट रहेको छ । गाजा क्षेत्रका यमन, सिरिया, लेबनान, इराक र हमाद इरान नजीक रहेको छ । टर्कीले इरानलाई नजीक ठाने पनि सिरियामा इरानी पहुचले गर्दा समस्या महसूस गर्दै आएको छ । यसका साथै कुर्दिश प्रकरणमा इरान, इराक, सिरिया र टर्की सबै निहित स्वार्थले गर्दा बिभिन्नता रहेको छ ।

इराक र लेबनानमा भ्रष्टाचारी शासकहरु बिरुद्ध र तिनीहरुबाट मुक्त मुक्त हुन व्यापक स्तरमा संचालित रहेको सामुहिक प्रदर्शन जस्ता कार्यक्रम हरुले यस प्रकरणलाई झन् ज्यादै जटिल बनाई दिएको छ ।इरान पनि आन्तरिक बिद्रोहहरुसँग जुझ्दै आएको छ । टर्की नाटोको सदस्य भएपनि, तत्काल सिरियामाथिको अमेरिकी प्रभाव तथा छाप ग्रेटर मिड्ल ईष्टको व्यापकताले गर्दा, समस्याहरुसँग जुझ्दै आएको छ । केही मुद्दाहरुले गर्दा इरान तथा मास्को नजीक रहेको छ । किनकि अंकाराको वाशिंगटनसँगको सम्बन्ध महत्वपुर्ण र तागतिलो समेत रहेको छ । पाकिस्तानका विदेशमन्त्री शाह महम्मद कुरेसीले दृढताका साथ त्यस सम्मेलनमा पाकिस्तानको प्रतिनिधित्व नहुने पुष्टि गरेका थिए ।

पाकिस्तानका विदेशमन्त्री कुरेशीले यो पनि पुष्टि गरेका थिए कि साउदी अरेबिया र युएईको त्यस सम्मेलनसँग सरोकार रहेको छ किनकि दुवै देश यसले गर्दा चिन्तित र दुखि रहेको छ कि त्यस गतिविधिले 'उम्माह'को बिभाजनलाइ प्रभावित गर्नुका साथै बर्तमान साउदी नियन्त्रित 'ओआईसी'समानान्तरको एक संगठनको संरचना गर्ने तर्क प्रेरित समेत गर्न सक्नेछ । पाकिस्तान मध्यस्तकर्ता भन्ने कुनै सम्भवना छैन । त्यसका अतिरिक्त मुस्लिम राष्ट्रहरुमध्ये कसैले पनि कुनै खास उदेश्यका लागि अघि बढ्ने समेत कुनै मुद्दाको सम्भावना छैन ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech