बाह्रविसे बजार तीन दिनदेखि अशान्त


नेपाल पाना प्रकाशित: २०७६-१०-६ गते
बाह्रविसे बजार तीन दिनदेखि अशान्त

सिन्धुपाल्चोक । राजमार्गको क्षेत्र मिचेर बनाइएका घर, टहरालगायत अस्थायी संरचना भत्काएको विषयमा व्यापारिक केन्द्र बाह्रविसे बजार तीन दिनदेखि अशान्त छ। शान्ति भड्किन नदिँन स्थानीय प्रशासनले आइतबार बाह्रविसे बजारमा निषेधाज्ञा नै जारी गरे ।

बाह्रविसे नगरपालिकाले शुक्रबार सडक क्षेत्र मिचेर बनाइएका घर, टहरा भत्काउन थालेपछि बजार अशान्त बनेको हो। अस्थायी संरचना भत्काउने कार्यको विरोध गर्दै केही बजारवासी विरोधमा उत्रिरहेका छन्। विरोधका बीच नगरपालिकाले बजारका अधिकांश घर, टहरा भत्काइ सकेको छ। यही विषयमा शुक्रबार खुसौनीबारीमा दुई पक्षबीच झडप भएको थियो।

अस्थायी संरचना भत्काएको विरोधमा एउटा समूहले शनिबार साँझ नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्यो। भत्काउनु पर्छ र पर्दैन भन्ने पक्ष–विपक्षबीच थप झडप हुने स्थिति देखिएपछि स्थानीय प्रशासनले आइतबार बिहान आठ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा लगायो। बजारका होटल, पसल र शैक्षिक संस्था बन्द रहे।

निषेधाज्ञाकै बीच नगरपालिकाको कदमको विरोध गर्दै आएको समूहले नाराबाजी गर्यो। तीन दिनदेखि नै बजारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। निषेधाज्ञाको समयमा बिहान नेपाली सेनाले बजार गस्ती गरेको थियो। निषेधाज्ञा र सम्भावित झडपले बजारवासी संत्रस्त बने।

निषेधाज्ञाकै बीच पत्रकार सम्मेलन गरेर नगरपालिकाले घर, टहरा भत्काउनुको कारण खुलायो भने आन्दोलनकारीले विरोध गर्नुको औचित्य पुष्टि गर्ने प्रयास गरेको नागरिक दैनिकमा खवर छ ।


कोरोनाका कारण आफ्नो देश फर्कने विद्यार्थीलाई छात्रवृत्ति नदिने चीनको निर्णय !
कोरोनाका कारण आफ्नो देश फर्कने विद्यार्थीलाई छात्रवृत्ति नदिने चीनको निर्णय !

काठमाडौं । चीन छाडेर आफ्नो देश फर्कने विद्यार्थीहरुले छात्रवृत्तिमा निरन्तरता नपाउने भएका छन् ।  चाइना डेलीको मास्टहेडसहित प्राप्त खबर अनुसार कोरोना भाइरस संक्रमणका का..

अनशनरत पौडेलको माग अझै सम्बोधन भएन, कांग्रेसले गर्यो चरणबद्ध आन्दोलनको घोषणा
अनशनरत पौडेलको माग अझै सम्बोधन भएन, कांग्रेसले गर्यो चरणबद्ध आन्दोलनको घोषणा

चितवन । फागुन ७ गतेदेखि आमरण अनशनमा बसेका कृष्ण पौडेलको स्वास्थ्य स्थिति जटिल भई भरतपुर अस्पताल भर्ना भएका छन् । जिल्ला कार्यसमिति चितवनले सोमबार विज्ञप्ति जारी गर्दै आन्दो..

न जागिर, न व्यापार, न त पैत्रिक सम्पत्ति नै, कहाँबाट बने ती आलिशान बंगला ?
न जागिर, न व्यापार, न त पैत्रिक सम्पत्ति नै, कहाँबाट बने ती आलिशान बंगला ?

काठमाडौं । अस्पतालमा उपचार गराइरहेका एक परिचितलाई भेट्न जाँदाको संवादले आम नेपालीको वर्तमान अवस्थाको चित्र उतारेको जस्तो लाग्यो।  उनले प्रसंगवश भनेका थिए, ‘हामी..

बाँस्कोटा अडियो प्रकरणसँगै ओलीको परीक्षाको घडी सुरु: उपाध्यक्ष सीपी गजुरेल
बाँस्कोटा अडियो प्रकरणसँगै ओलीको परीक्षाको घडी सुरु: उपाध्यक्ष सीपी गजुरेल

काठमाडौं ।  नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पनि धार..