एकीकृत नमुना बस्ती त ठडियो तर पुनर्निर्माणले पूर्णता पाएन


नेपाल पाना प्रकाशित: २०७६-१०-७ गते
एकीकृत नमुना बस्ती त ठडियो तर पुनर्निर्माणले पूर्णता पाएन

काठमाडौँ । धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा एकीकृत नमुना बस्ती त ठडियो तर पुनर्निर्माणले पूर्णता पाएको छैन । शौचालय र तलामा काठ छाप्ने काम बाँकी नै छ । दुई वर्षभित्रै बनाइसक्ने लक्ष्य राखिएकामा चार वर्ष बिते पनि हस्तान्तरणको मिति तय भएको छैन।

निर्माणको जिम्मा पाएको गैरआवासीय नेपाली संघले काम नसकी हस्तान्तरणका लागि पटकपटक प्रयास गरेको थियो। बस्तीले पूर्णता नपाई जिम्मा नलिने अडानमा स्थानीय रहेपछि हस्तान्तरण रोकियो। निर्माणको अन्तिम चरणमा रहको बस्तीको काम हिमपातका कारण पुस १९ यता रोकिएको छ। शौचालय निर्माणको करिब ७० प्रतिशत काम सकिएको छ। हिउँ नपग्लिएकाले बाँकी काम हुन सकेको छैन। 

लगातार काम भए २५ दिनमा काम सकिने एनआरएनए बताउँछ। अहिले यहाँ ३ फिट हिउँ जमेको छ। २७ सय मिटर उचाइको उक्त क्षेत्रमा चार महिना हिउँ पर्ने भएकाले बस्न गाह्रो रहेको स्थानीय बताउँछन्। अधिकांश स्थानीय पुरानै बस्तीका घर मर्मत गरेर बसिसकेका छन्। कतिपय घरधुरी गुप्सीपाखाको घरको आशामा अझै टहरोमै दिनरात कटाइरहेका छन्। ‘दुई घर अनिवार्य चाहिने भयो,’ स्थानीय दीपक गुरुङले भने, ‘यति चिसो ठाउँ छ, चिसो छल्न तलमाथि गर्नैपर्छ।’ कान्तिपुर दैनिकबाट


कोरोनाका कारण आफ्नो देश फर्कने विद्यार्थीलाई छात्रवृत्ति नदिने चीनको निर्णय !
कोरोनाका कारण आफ्नो देश फर्कने विद्यार्थीलाई छात्रवृत्ति नदिने चीनको निर्णय !

काठमाडौं । चीन छाडेर आफ्नो देश फर्कने विद्यार्थीहरुले छात्रवृत्तिमा निरन्तरता नपाउने भएका छन् ।  चाइना डेलीको मास्टहेडसहित प्राप्त खबर अनुसार कोरोना भाइरस संक्रमणका का..

अनशनरत पौडेलको माग अझै सम्बोधन भएन, कांग्रेसले गर्यो चरणबद्ध आन्दोलनको घोषणा
अनशनरत पौडेलको माग अझै सम्बोधन भएन, कांग्रेसले गर्यो चरणबद्ध आन्दोलनको घोषणा

चितवन । फागुन ७ गतेदेखि आमरण अनशनमा बसेका कृष्ण पौडेलको स्वास्थ्य स्थिति जटिल भई भरतपुर अस्पताल भर्ना भएका छन् । जिल्ला कार्यसमिति चितवनले सोमबार विज्ञप्ति जारी गर्दै आन्दो..

न जागिर, न व्यापार, न त पैत्रिक सम्पत्ति नै, कहाँबाट बने ती आलिशान बंगला ?
न जागिर, न व्यापार, न त पैत्रिक सम्पत्ति नै, कहाँबाट बने ती आलिशान बंगला ?

काठमाडौं । अस्पतालमा उपचार गराइरहेका एक परिचितलाई भेट्न जाँदाको संवादले आम नेपालीको वर्तमान अवस्थाको चित्र उतारेको जस्तो लाग्यो।  उनले प्रसंगवश भनेका थिए, ‘हामी..

बाँस्कोटा अडियो प्रकरणसँगै ओलीको परीक्षाको घडी सुरु: उपाध्यक्ष सीपी गजुरेल
बाँस्कोटा अडियो प्रकरणसँगै ओलीको परीक्षाको घडी सुरु: उपाध्यक्ष सीपी गजुरेल

काठमाडौं ।  नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पनि धार..