हिटर बालेर सुतेकाहरू उठेनन्


नेपाल पाना प्रकाशित: २०७६-१०-८ गते
हिटर बालेर सुतेकाहरू उठेनन्

काठमाडौँ । नेपाल घुम्न भारतको केरलाबाट आएको १५ जनाको टोली पोखराबाट हेटौंडा हुँदै रिजर्भ गाडी लिएर सोमबार दामन सिमभन्ज्याङ आइपुगेको थियो । 

मकवानपुरको थाहा नपा–४ दामनको होटल एभरेस्ट पानोरमामा उनीहरूले १११ देखि ११५ सम्मका चार कोठा बुक गरेका थिए । त्यसै पनि वर्षैभरि चिसो भइरहने दामनको मौसम । सोमबार घाम लागेको थिएन  ।

चिसो निकै बढेको थियो । १११ नम्बर कोठामा मंगलबार बिहान ८ बजेसम्म ग्यास हिटर बलिरहेको थियो । कोठाका दुई बेडमा सुतिरहेका आठ जना अचेत पल्टिएका थिए । होटलका कर्मचारीका अनुसार कटेजको कोठाका सबै झ्यालढोका बन्द थिए ।

‘उनीहरू सबै अचेत देखेर हामी सबै आत्तियौं । उनीहरूकै साथीहरूले घचघच्याउँदै बोलाए तर कोही बोलेनन्,’ होटल व्यवस्थापक शिव केसीले भने, ‘त्यसपछि हामीले प्रहरीलाई खबर गर्‍यौं  ।’ अचेत अवस्थाका चार बालबालिका र दुई जोडीलाई होटलबाट उपचारार्थ हेलिकप्टरमा काठमाडौंको ह्याम्स अस्पताल पुर्‍याइयो ।

तर, कोही पनि बाँचेनन् । मृत्यु हुनेमा केरलाको तिरुवनन्तपुरमका ३८ वर्षीय प्रवीणकृष्ण नायर, ३५ वर्षीया शारण्य शशि र उनीहरूका सन्तान ९ वर्षीया श्रीभद्र, ७ वर्षीया आर्चा प्रवीण, ५ वर्षीय अभिनव नायर छन् । त्यसैगरी ३४ वर्षीय रञ्जित कुमार टीबी, ३४ वर्षीया इन्द्र लक्ष्मी र उनीहरूका २ वर्षीय छोरा वैष्णवको मृत्यु भएको प्रहरीले जनाएको छ । कान्तिपुर दैनिकबाट


कोरोनाका कारण आफ्नो देश फर्कने विद्यार्थीलाई छात्रवृत्ति नदिने चीनको निर्णय !
कोरोनाका कारण आफ्नो देश फर्कने विद्यार्थीलाई छात्रवृत्ति नदिने चीनको निर्णय !

काठमाडौं । चीन छाडेर आफ्नो देश फर्कने विद्यार्थीहरुले छात्रवृत्तिमा निरन्तरता नपाउने भएका छन् ।  चाइना डेलीको मास्टहेडसहित प्राप्त खबर अनुसार कोरोना भाइरस संक्रमणका का..

अनशनरत पौडेलको माग अझै सम्बोधन भएन, कांग्रेसले गर्यो चरणबद्ध आन्दोलनको घोषणा
अनशनरत पौडेलको माग अझै सम्बोधन भएन, कांग्रेसले गर्यो चरणबद्ध आन्दोलनको घोषणा

चितवन । फागुन ७ गतेदेखि आमरण अनशनमा बसेका कृष्ण पौडेलको स्वास्थ्य स्थिति जटिल भई भरतपुर अस्पताल भर्ना भएका छन् । जिल्ला कार्यसमिति चितवनले सोमबार विज्ञप्ति जारी गर्दै आन्दो..

न जागिर, न व्यापार, न त पैत्रिक सम्पत्ति नै, कहाँबाट बने ती आलिशान बंगला ?
न जागिर, न व्यापार, न त पैत्रिक सम्पत्ति नै, कहाँबाट बने ती आलिशान बंगला ?

काठमाडौं । अस्पतालमा उपचार गराइरहेका एक परिचितलाई भेट्न जाँदाको संवादले आम नेपालीको वर्तमान अवस्थाको चित्र उतारेको जस्तो लाग्यो।  उनले प्रसंगवश भनेका थिए, ‘हामी..

बाँस्कोटा अडियो प्रकरणसँगै ओलीको परीक्षाको घडी सुरु: उपाध्यक्ष सीपी गजुरेल
बाँस्कोटा अडियो प्रकरणसँगै ओलीको परीक्षाको घडी सुरु: उपाध्यक्ष सीपी गजुरेल

काठमाडौं ।  नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पनि धार..