‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’


आफैं त महादेव उत्तानो टाँग: कस्लाई दिने वर..?
नेपाल पाना प्रकाशित: २०७६-१०-९ गते
‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुढो बाघको संज्ञा दिएका छन् । 

उनले ट्विटरमा प्रचण्डलाई जवाफ दिँदै यस्तो लेखेका छन्,‘पंचतन्त्रको ‘कंकड़ लुब्ध पान्थ कथा’ मा शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर वटुवाको शिकार गरेझैं आफैं खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन् !, आफैं त महादेव उत्तानो टाँग: कस्लाई दिने वर..?’

प्रचण्डले बाबुरामलाई निरीह भएर समाजवादी पार्टीमा नबस्न भनेर आग्रह गरेको भोलिपल्ट आज डा. भट्टराईले यस्तो जवाफ फर्काएका हुन् । उनले समाजवादी पार्टी छोडेर नेकपामा आउन आग्रह गरेकोमा ‘आफैं खड्गप्रसादको पिँजडामा फसेर छट्पटाईरहेका पुष्पकमलले हामीलाई पनि पिँजडामा आउन आग्रह गरेछन्’ भन्दै कडा जवाफ फर्काएका छन् ।


कम्युुनिस्टका धेरै नेताहरु नव सामन्तका जस्ता भएः मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
कम्युुनिस्टका धेरै नेताहरु नव सामन्तका जस्ता भएः मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युुनिस्टका धेरै नेताहरु नव सामन्तजस्तो भएको टिप्पणी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गण्डकी..

अनशनरत पौडेलको माग अझै सम्बोधन भएन, कांग्रेसले गर्यो चरणबद्ध आन्दोलनको घोषणा
अनशनरत पौडेलको माग अझै सम्बोधन भएन, कांग्रेसले गर्यो चरणबद्ध आन्दोलनको घोषणा

चितवन । फागुन ७ गतेदेखि आमरण अनशनमा बसेका कृष्ण पौडेलको स्वास्थ्य स्थिति जटिल भई भरतपुर अस्पताल भर्ना भएका छन् । जिल्ला कार्यसमिति चितवनले सोमबार विज्ञप्ति जारी गर्दै आन्दो..

बाँस्कोटा अडियो प्रकरणसँगै ओलीको परीक्षाको घडी सुरु: उपाध्यक्ष सीपी गजुरेल
बाँस्कोटा अडियो प्रकरणसँगै ओलीको परीक्षाको घडी सुरु: उपाध्यक्ष सीपी गजुरेल

काठमाडौं ।  नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पनि धार..

गोकुल बाँस्कोटाले भाँचेको प्रधानमन्त्री ओलीको तुलो
गोकुल बाँस्कोटाले भाँचेको प्रधानमन्त्री ओलीको तुलो

काठमाडौं । बालुवाटारमा एक्सप्रेस पहुँच भएका गोकुल बाँस्कोटाको अडियो प्रकरणले प्रधानमन्त्रीको सार्वजनिक छवि र निष्ठाप्रति नागरिक स्तरबाट प्रश्न उठाइदिएको छ। सत्तरी करोडको कम..