विषाक्त खानाले मरे चितवन राष्ट्रिय निकुञ्जका तीन गैँडा


नेपाल पाना प्रकाशित: २०७६-१०-१९ गते
विषाक्त खानाले मरे चितवन राष्ट्रिय निकुञ्जका तीन गैँडा

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेका छन् । शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा।विजय श्रेष्ठका अनुसार गत हप्ता तमासपुर क्षेत्रमा एउटा गैँडा र एक महिनाअघि गाँजीपुर क्षेत्रमा अर्को एक गैँडा विषाक्त खानाकै कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ । गत साता मरेको गैँडाको पेटमा १० महिनाको बच्चासमेत रहेको थियो । श्रेष्ठका अनुसार ती गैँडाको आन्द्रा र पेटमा रक्तश्राव भएको शव परीक्षणमा देखिएको छ । यद्यपि कारण प्रष्ट हुनका लागि विषादी परीक्षण गर्न प्रयोगशालाको खोजी भइरहेको उनले जानकारी दिए ।

श्रेष्ठले भने, ‘ती गैँडाका अङ्गको नमूना सुरक्षित राखेका छौँ, कहाँ विषादीको परीक्षण हुन्छ बुझ्ने काम भइरहेको छ ।’ मरेका तीनै गैँडाको अन्य महत्वपूर्ण अङ्गमा कुनै समस्या नदेखिएको उनले बताए । सबै गैँडाको पेटमा तोरी देखिएको भन्दै उनले विशाक्त तोरीका कारण मरेका पनि हुनसक्ने अनुमान गरिएको जानकारी दिए । यद्यपि प्रयोगशालाबाट परीक्षण भएपछि मात्र यकीन भन्न सकिने उनको भनाइ छ ।


मातातीर्थको १७३ रोपनी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जेल हाल्ने तयारी 
मातातीर्थको १७३ रोपनी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जेल हाल्ने तयारी 

काठमाडौं: प्रधानमन्त्री हुँदा २०६८ सालमा काठमाडौंको मातातीर्थस्थित १७३ रोपनी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि छानबीन ह..

ललिता निवास किनबेच गर्नेहरुमाथि सीआईबीमा ठगी र कीर्तेको जाहेरी दर्ता
ललिता निवास किनबेच गर्नेहरुमाथि सीआईबीमा ठगी र कीर्तेको जाहेरी दर्ता

काठमाडौं : बालुवाटारको ललिता निवास प्रकरणमा संलग्नहरुमाथि  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी परेको छ । गृह मन्त्रालयले शुक्रबार नै संल..

पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक भेटघाटका लागि दिल्ली प्रस्थान
पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक भेटघाटका लागि दिल्ली प्रस्थान

काठमाडौं । आइतबार अपराह्नमा पूर्व राजा ज्ञानेन्द्र शाह दिल्ली प्रस्थान गरेका छन् ।  दुई साता भारतको भ्रमणमा रहने पूर्वराजा शाहले राजनीतिक भेटघाट गर्ने जनाइएको छ । उनले..

पूर्वसभामुख महराविरुद्धको सुनुवाइ सकियो
पूर्वसभामुख महराविरुद्धको सुनुवाइ सकियो

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा  पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ भ..