‘भिजिट नेपाल २०२०’ को पहिलो गाँसमै ढुङ्गा !


नेपाल पाना प्रकाशित: २०७६-१०-२१ गते
‘भिजिट नेपाल २०२०’ को पहिलो गाँसमै ढुङ्गा !

काठमाडौँ । प्रतिनिधिसभामा बोल्दै सांसद नेपाली कांग्रेसका सांसद देवेन्द्र राज कँडेलले नेपालले भव्यताका साथ भिजिट नेपाल २०२० सुभारम्भ गरे पनि पहिलो गाँसमा नै ढुङ्गा परेको बताएका छन् ।

कँडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई अष्टेलिया डडेलो लागिरहेको अवस्थामा भ्रमण वर्षको प्रचार प्रसार गर्न गएको विषयमा व्यङ्ग्य समेत गरे । उनले भने नेपाल भ्रमणको लागि छिमेकी राष्ट्र चीनबाट पर्यटकको संख्या बृद्धि हुनेमा आशावादी रहेको भएपनि चीनको बुहान क्षेत्रबाट फैलिएको कोरोनाभाइरसले समेत निराश हनुपर्ने अवस्था आएको बताएको छ ।

चीनबाट पर्यटनको संख्यामा बृद्धि हुनेमा आशावादी थियौँ, उनले भने तर त्यसबाट क्षेत्रमा फैलिएको कोरोनाभाइरस झण्डै १६ राष्ट्रमा फैलिएको अवस्थामा पर्यटक बढ्ने भन्दा पनि भाइरसंग डराउनुपर्ने अवस्था आयो । उनले नेपालले अंग्रेजी नयाँवर्षको अवसर पारेर भिजिट नेपाल २०२० को आयोजना गरी आन्तरिक तथा बाह्य पर्यटन लक्ष्य लिएको भएपनि नेपाललाई पहिलो गाँसमा नै ढुङ्गा मिलेकको बताए ।


प्रजातन्त्र सेनानी शाक्यको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त
प्रजातन्त्र सेनानी शाक्यको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं : नेपाली काँग्रेसका सभापति एवं पूूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज ए..

काँग्रेसलाई बलियो बनाउन सबै लागौँ : कांग्रेस वरिष्ठ नेता पौडेल
काँग्रेसलाई बलियो बनाउन सबै लागौँ : कांग्रेस वरिष्ठ नेता पौडेल

तनहुँ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।  पार्टीको आँबुखैरेनी गाउँ कार्य समितिले आज आयोजना..

यी हुन् ओलीको ‘दादागिरी’विरुद्ध खुलेयाम बोल्ने हिम्मतवाला नेकपा सांसद, पार्टी फुट्ने धम्की !
यी हुन् ओलीको ‘दादागिरी’विरुद्ध खुलेयाम बोल्ने हिम्मतवाला नेकपा सांसद, पार्टी फुट्ने धम्की !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीमा प्रधानमन्त्री केपीशर्मा ओली टिमको दादागिरीविरुद्ध एक सांसदले खुलेयाम चुनौती दिएका छन् । प्रमुख सल्लाहकार विष्णु रिमालको ‘छौडा&rsq..

प्रधानमन्त्री ओलीले संसदमा यसरी गरे असफलताको ढाकछोप  (भाषणको पूर्णपाठ)
प्रधानमन्त्री ओलीले संसदमा यसरी गरे असफलताको ढाकछोप (भाषणको पूर्णपाठ)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नेतृत्वको सरकारले निकै राम्रो काम गरेको भन्दै आफ्नो मन्त्रीपरिषद्को ढाकछोप गरेका छन्।  सरकार गठन भएको दुई बर्ष पुग..