जनकपुरधाममा विश्वकै सबैभन्दा अग्लो (१ सय ५१ फिट)को ‘माता सीता’को मूर्ति बन्दै 

  |   प्रकाशित :

जनकपुरधाम । जनकपुरमा विश्वकै सबैभन्दा अग्लो जगत जननी माता सीताको मुर्ति बन्ने भएको छ । जनकपुरको बाह्रविघा रंगभुमी मैदानमा माता सीताको विश्वकै सबैभन्दा अग्लो मूर्ति बन्ने भएको हो । 

विहिबार प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले आफू सुरुदेखि नै मधेशका धार्मिक सम्पदाहरुलाई विश्व सम्पदामा सूचिकृत गराउन पहल थालेको भन्दै माता सीताको मूर्ति बन्नु जनकपुरको अहोभाग्य हुने बताए ।

माता सितालाई योद्धाको रुपमा चिनाउन १ सय ५१ फिटको मुर्ति बनाउने छ । सिता सात वर्षकै उमेरमा धनुष उठाउँएकी दृष्य देखाउने गरी प्रतिमा बनाउने योजना रहेको जनाइएको छ । 

गोलो अकारको पृथ्वी माथि सिता धनुषा उठाएको जस्तो देखिने र पृथ्वीको अन्य भागमा साना–साना रामायणलाई दर्शाउने मुख्य दृष्य प्रष्टाइनेछ । पर्यटकलाई लोभ्याउन मद्दत पुग्ने र वल्र्ड गिनिज बुकमा यो ठाउँको नाम लेखाउने यस्तो अवधारण ल्याएको हो ।

नेपालकै गौरवको रुपमा स्थापित र धार्मिक धरोहरको रुपमा रहेको जनकपुरमा रामायणकालिन योद्धा, नारी योद्धाको विश्वको सबभन्दा ठुलो प्रतीमा निर्माण भएपछि जनकपुर विश्वमा अझ प्रख्यात हुने लक्ष्य रहेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech