बक्स अफिसका नाममा ५ करोड स्वाहा !, व्यापारको विश्वास छैन 


नेपाल पाना प्रकाशित: २०७६-१०-२८ गते
बक्स अफिसका नाममा ५ करोड स्वाहा !, व्यापारको विश्वास छैन 

काठमाडौँ । साउन १ गतेबाट चलचित्र विकास बोर्डले देशभर बक्स अफिस लागु गर्‍यो । सो संख्या, टिकट बिक्रीदेखि फिल्मको सम्पूर्ण व्यापार पारदर्शी हुने बोर्डको दाबी थियो । ‘छ माया छपक्कै’ र ‘कबड्डी कबड्डी कबड्डी’ साउनयता रिलिज भएका सुपरहिट फिल्म हुन् । तर, दुवै फिल्मका निर्माताले बोर्डको बक्स अफिसबाट तथ्यांक लिएनन्, आफ्नै वितरकको रिर्पोट पत्याए ।

‘कबड्डी कबड्डी कबड्डी’ ले नेपालभित्र १८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माता मणिराम पोखरेलको दाबी छ । ‘छ माया छपक्कै’ ले चाहिँ १२ करोड ७५ व्यापार गरेको निर्मातारअभिनेता दीपकराज गिरी बताउँछन् । बोर्डको बक्स अफिसबाट तथ्यांक किन नलिएको ? दुवै निर्माताको जवाफ एउटै छ, ‘बक्स अफिसले देखाउने व्यापारको विश्वास छैन ।’ तर उनीहरूले चाहे भने पनि बोर्डबाट आफ्नो फिल्मको व्यापारिक आँकडा पाउँदैन्थे ।

किनभने, खुद बोर्डको प्रणालीसँगै तथ्यांक छैन । बोर्डले जडान गरेको केन्द्रीय चलचित्र व्यवस्थापन प्रणाली (सीसीएमएस)का मूल प्राविधिक सुनील नेपाली भन्छन्, ‘अक्टोबर र नोभेम्बरमा सफ्टवेयरको सबै डाटा हरायो, कामै गरेन । त्यहीबेला यी फिल्म रिलिज भएको हुन सक्छ ।’ बाँकी अवधिको पनि उक्त सिस्टममा विश्वसनीय डाटा छैन ।

सोही कारण कुनै निर्माताले बक्स अफिसको भर गर्दैनन् । ‘वितरकले हामीलाई दिनेभन्दा बक्स अफिसको डाटा कम हुने रहेछ । हामीभन्दा अगाडि रिलिज भएका फिल्मका निर्माताकै सुझावअनुसार हामीले वितरककै हिसाब मान्यौं,’ पोखरेलले भने । उता, दर्शक धेरै आए भनेर हलले ‘म्यानुअल’ टिकट बेचेको गिरीको दाबी छ । भन्छन्, ‘अहिले बक्स मात्र छ, अफिस छैन । त्यसैले सरकारी डाटा सही हुन्न । बरु मल्टिप्लेक्स हलको प्रणाली विश्वास योग्य छ ।’

बोर्डले फिल्मको व्यापारको पारदर्शितामा बक्स अफिस प्रणाली ‘जादूको छडी’ सावित हुने प्रचार गरेको थियो । यसका लागि सरकारको ५ करोड खर्च भइसकेको छ । बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराईका अनुसार सफ्टवेयर नै ९९ लाखमा किनिएको थियो । त्यसबाहेक सर्भर, कम्प्युटरलगाएत भौतिक सामग्रीमा ४ करोड सकियो ।

तर, यति महँगो र हल्लाखल्ला गरी लागू गरिएको बक्स अफिस प्रणाली पूरापूर निकम्मा भएको छ । बक्स अफिसका लागि लामो समयदेखि आवाज उठाइरहेका निर्माता संघका अध्यक्ष आकाश अधिकारी भन्छन्, ‘बक्स अफिस त लागू भयो तर यो डेढ वर्ष निराशामै बित्यो, यसको कुनै प्रभावकारिता देखिएन । कान्तिपुर दैनिकबाट


लेलेको जङ्गलमा निर्वस्त्र युवतीको लाश भेटियो
लेलेको जङ्गलमा निर्वस्त्र युवतीको लाश भेटियो

ललितपुर : ललितपुरको लेले सामुदायिक वनमा निर्वस्त्र अवस्थामा युवतीको लाश भेटिएको छ।  मंगलोलियन अनुहारको अन्दाजी २२र२५ वर्षको महिलाको शव भेटिएको हुलियाका आधारमा पहिचान ख..

कुवेतमा ज्यान गुमाउने थप दुई नेपालीको परिचय खुल्यो
कुवेतमा ज्यान गुमाउने थप दुई नेपालीको परिचय खुल्यो

काठमाडौं : बालुवाको ढिस्कोले पुरिंदा कुवेतमा ज्यान गुमाएका थप दुई जना नेपालीको परिचय खुलेको छ । नवलपरासीका पूर्णबहादुर मगर र रोल्पाका राजु रोका मगर रहेको कुवेतस्थित ने..

कम्युनिष्ट सरकारको दुईबर्षे कार्यकालबारे यस्तो छ कांग्रेसको धारणा
कम्युनिष्ट सरकारको दुईबर्षे कार्यकालबारे यस्तो छ कांग्रेसको धारणा

काठमाडौं : वर्तमान सरकार गठन भएको दुई वर्ष पूरा भएको सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले  पार्टीको धारणा सार्वजनिक गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय..

विद्युतमा कुलमान घिसिङले गरे अर्को चमत्कार !
विद्युतमा कुलमान घिसिङले गरे अर्को चमत्कार !

काठमाडौँ । देशलाई लोडसेडिङमुक्त बनाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्को चमत्कार गरेका छन् । घिसिङले घाटामा रहेको प्राधिकरणलाई वार्षिक नौँ अ..