विश्वभर प्रेमिल सप्ताह चलिरहेको वेला सुन्दर अभिनेत्रीले ‘प्रेम प्रस्ताव नै आएन’ भनेपछि...


नेपाल पाना प्रकाशित: २०७६-१०-२८ गते
विश्वभर प्रेमिल सप्ताह चलिरहेको वेला सुन्दर अभिनेत्रीले ‘प्रेम प्रस्ताव नै आएन’ भनेपछि...

काठमाडौँ । नजिकिँदो भ्यालेन्टाइन्स डेका कारण यतिबेला विश्वभर प्रेमिल सप्ताह चलिरहेको छ । प्रेमका नयाँ जोडीबीच सप्ताहभर चकलेट डे, हग डे, किस डेदेखि प्रपोज डेसम्मका क्रियाकलाप चलिरहँदा भारतकै ‘नेसनल क्रस’ मानिने अभिनेत्री दिशा पटानीको अवस्था चाहिँ कस्तो होला ? हालै रिलिज फिल्म ‘मलङ्ग’ का को–एक्टरसँग अन्तरवार्ता दिन पुगेकी पटानीले प्रेमका मामिलामा आफू अभागी रहेको जिकिर गरेकी छन् ।

सुन्दर अभिनेत्रीलाई पत्रकारले उनको जीवनमा कति प्रेम प्रस्ताव आए र कतिका दिल टुक्रिए होलान् भनेर राखेको जिज्ञासामा भनेकी छन्, ‘नढाँटी भन्नुपर्दा मलाई आजसम्म एउटै पनि प्रेम प्रस्ताव आएको छैन । स्कुलमा टमब्वायजस्तै थिएँ । फेरि बुबा पुलिसमा भएकाले पनि होला, कसैले प्रस्ताव पनि नगरेका । कलेजमा पनि कसैले प्रेम प्रस्ताव राखेनन् । अहिले फिल्म क्षेत्रमा छु । यहाँ पनि पार्टीहरूमा जाने गर्दिनँ ।

सायद जान्थेँ भने पनि प्रस्ताव आउँथ्यो होला । मेरो जिन्दगी त एकदमै दुःखी छ,’ दिशा पटानीले जवाफ दिइरहँदा आदित्य रोय कपुर, कुनाल खेमू र अनिल कपुरले हाँसो रोक्न सकेनन् । अभिनेत्रीले भने प्रस्ताव आएको हुन्थ्यो भने आफूले पनि केही नरम भएर सोच्न सक्थेँ होला भन्दै प्रतिक्रिया दिइन् । त्यसो त दिशा पटानी बलिउडमा प्रवेश गरेलगत्तै ‘बागी २’ को–एक्टर टाइगर श्राफसँग नाम जोडिएको थियो ।

मिडियामा समेत यी दुई जना रेस्टुरेन्टमा सँगै डिनर गरिरहेको फोटो छापिन्थे भने दुई जनाको प्रेममा आधारित गसिपले बलिउड गर्माउँदै आइरहेको छ । कान्तिपुर दैनिकबाट


मातातीर्थको १७३ रोपनी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जेल हाल्ने तयारी 
मातातीर्थको १७३ रोपनी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जेल हाल्ने तयारी 

काठमाडौं: प्रधानमन्त्री हुँदा २०६८ सालमा काठमाडौंको मातातीर्थस्थित १७३ रोपनी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि छानबीन ह..

ललिता निवास किनबेच गर्नेहरुमाथि सीआईबीमा ठगी र कीर्तेको जाहेरी दर्ता
ललिता निवास किनबेच गर्नेहरुमाथि सीआईबीमा ठगी र कीर्तेको जाहेरी दर्ता

काठमाडौं : बालुवाटारको ललिता निवास प्रकरणमा संलग्नहरुमाथि  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी परेको छ । गृह मन्त्रालयले शुक्रबार नै संल..

पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक भेटघाटका लागि दिल्ली प्रस्थान
पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक भेटघाटका लागि दिल्ली प्रस्थान

काठमाडौं । आइतबार अपराह्नमा पूर्व राजा ज्ञानेन्द्र शाह दिल्ली प्रस्थान गरेका छन् ।  दुई साता भारतको भ्रमणमा रहने पूर्वराजा शाहले राजनीतिक भेटघाट गर्ने जनाइएको छ । उनले..

पूर्वसभामुख महराविरुद्धको सुनुवाइ सकियो
पूर्वसभामुख महराविरुद्धको सुनुवाइ सकियो

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा  पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ भ..