शहीद स्मारक लिगः आर्मीको जित, उपाधि जित्ने सम्भावना कायमै


नेपाल पाना प्रकाशित: २०७६-१०-२८ गते
शहीद स्मारक लिगः आर्मीको जित, उपाधि जित्ने सम्भावना कायमै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबलाई तीन–शून्यले हराउँदै त्रिभुवन आर्मी क्लब उपाधि नजिक पुगेको छ । 

सातदोबाटोमा भएको खेलमा आर्मीलाई जित दिलाउनका लागि भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले एक–एक गोल गरे । लिगको अन्तिम खेलमा आर्मीले मच्छिन्द्र क्लबको सामना गर्नेछ । मच्छिन्द्रविरुद्धको खेलमा बराबरीमा रोकेमात्र पनि आर्मी पहिलो पटक ए डिभिजन लिगमा च्याम्पियन बन्नेछ । मच्छिन्द्रलाई भने तीन अङ्क अनिवार्य छ ।

लिग तालिकामा आर्मीले २९ अङ्क बनाएको छ भने मच्छिन्द्रको २८ अङ्क छ । मच्छिन्द्रविरुद्धको खेलको पाँचौँ मिनेटमा भरत खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । यो गोलसँगै उनले ए डिभिजन लिगमा ५०औँ गोल पूरा गरेका छन् ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको आर्मीका लागि ५३औँ मिनेटमा विकास तामाङले गोल गरे । ७०औँ मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई महत्वपूर्ण जित दिलाए ।

ब्रिगेड ब्वाइज क्लब भने आठ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ । मङ्गलबार नै थ्री स्टार क्लब र एनआरटी तथा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब पनि प्रतिस्पर्धा गर्दैछन् । थ्री स्टार र एनआरटीबीचको खेल सवा १२ बजे हुनेछ भने अर्को खेल साढे तीन बजे हुनेछ 


मातातीर्थको १७३ रोपनी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जेल हाल्ने तयारी 
मातातीर्थको १७३ रोपनी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जेल हाल्ने तयारी 

काठमाडौं: प्रधानमन्त्री हुँदा २०६८ सालमा काठमाडौंको मातातीर्थस्थित १७३ रोपनी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि छानबीन ह..

ललिता निवास किनबेच गर्नेहरुमाथि सीआईबीमा ठगी र कीर्तेको जाहेरी दर्ता
ललिता निवास किनबेच गर्नेहरुमाथि सीआईबीमा ठगी र कीर्तेको जाहेरी दर्ता

काठमाडौं : बालुवाटारको ललिता निवास प्रकरणमा संलग्नहरुमाथि  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी परेको छ । गृह मन्त्रालयले शुक्रबार नै संल..

पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक भेटघाटका लागि दिल्ली प्रस्थान
पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक भेटघाटका लागि दिल्ली प्रस्थान

काठमाडौं । आइतबार अपराह्नमा पूर्व राजा ज्ञानेन्द्र शाह दिल्ली प्रस्थान गरेका छन् ।  दुई साता भारतको भ्रमणमा रहने पूर्वराजा शाहले राजनीतिक भेटघाट गर्ने जनाइएको छ । उनले..

पूर्वसभामुख महराविरुद्धको सुनुवाइ सकियो
पूर्वसभामुख महराविरुद्धको सुनुवाइ सकियो

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा  पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ भ..