सरकारले गरेको सार्थक प्रयासका कारण प्रतिव्यक्ति ऊर्जा खपत वृद्धि


रासस प्रकाशित: २०७६-११-१ गते
सरकारले गरेको सार्थक प्रयासका कारण प्रतिव्यक्ति ऊर्जा खपत वृद्धि

काठमाडौँ । विद्युत् खपत बढाउनका लागि सरकारले गरेको सार्थक प्रयास एवं प्रचारात्मक अभियानका कारण चालू आर्थिक वर्षको छ महिनामा प्रतिव्यक्ति ऊर्जा खपत बढेको पाइएको छ । 

मुलुकमा विद्युत्भार कटौती अन्त्य भई नियमतिरूपमा विद्युत् उपलब्ध हुन थालेपछि प्रतिव्यक्ति विद्युत् खपतको मात्रामा उल्लेख्य वृद्धि भएको हो । उल्लेख्य मात्रामा विद्युत् उपलब्ध भएको तथा सरकारले पनि बढी विद्युत् खपतका लागि आग्रह गरेकाले पनि उपभोक्ताले बढी विद्युत् प्रयोग गर्न थालेका हुन् ।

विद्युत्भार कटौतीको अवस्था रहेका बेला तीन वर्षअघि प्रतिव्यक्ति ऊर्जा खपत १५० युनिट रहेकामा चालू आर्थिक वर्षको पहिलो छ महिनामा बढेर २६७ युनिट पुगेको छ । अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको चालू आवको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा गत आवमा २४५ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत चालू आवको छ महिनामा २२ युनिटले बढेर २६७ युनिट पुगेको छ ।

विद्युत्भार कटौती नेपालका लागि अब इतिहास भइसकेको र नियमित विद्युत् आपूर्ति हुन थालेपछि पछिल्ला वर्षमा उद्योगको उत्पादन क्षमता पनि वृद्धि भएको छ भने मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक देखिएको छ । पछिल्लो तीन वर्षमा मात्रै आर्थिक वृद्धिदर लगातार छ प्रतिशत भन्दामाथि रहेको छ ।


मातातीर्थको १७३ रोपनी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जेल हाल्ने तयारी 
मातातीर्थको १७३ रोपनी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जेल हाल्ने तयारी 

काठमाडौं: प्रधानमन्त्री हुँदा २०६८ सालमा काठमाडौंको मातातीर्थस्थित १७३ रोपनी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि छानबीन ह..

ललिता निवास किनबेच गर्नेहरुमाथि सीआईबीमा ठगी र कीर्तेको जाहेरी दर्ता
ललिता निवास किनबेच गर्नेहरुमाथि सीआईबीमा ठगी र कीर्तेको जाहेरी दर्ता

काठमाडौं : बालुवाटारको ललिता निवास प्रकरणमा संलग्नहरुमाथि  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी परेको छ । गृह मन्त्रालयले शुक्रबार नै संल..

पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक भेटघाटका लागि दिल्ली प्रस्थान
पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक भेटघाटका लागि दिल्ली प्रस्थान

काठमाडौं । आइतबार अपराह्नमा पूर्व राजा ज्ञानेन्द्र शाह दिल्ली प्रस्थान गरेका छन् ।  दुई साता भारतको भ्रमणमा रहने पूर्वराजा शाहले राजनीतिक भेटघाट गर्ने जनाइएको छ । उनले..

पूर्वसभामुख महराविरुद्धको सुनुवाइ सकियो
पूर्वसभामुख महराविरुद्धको सुनुवाइ सकियो

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा  पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ भ..