हिमपहिरोमा पुरिएर सात जनाको मृत्यु


एजेन्सी प्रकाशित: २०७६-११-१ गते
हिमपहिरोमा पुरिएर सात जनाको मृत्यु

काबुल (अफगानिस्तान) : अफगानिस्तानको एक प्रान्त दायकुन्डीकोे एक गाउँमा आएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु भएको छ ।
यस हिमपहिरोमा परी घाइते भएका सोही परिवारका अन्य एक जनालाई उद्धार गरिएको छ । त्यस पहिरोमा परी दुई जना बेपत्ता भएका प्रान्तीय सरकारका प्रवक्ताले बिहीबार बताएका छन्।

दुर्गम स्थानमा रहेको मिरामुर जिल्लाको हेसर गाउँमा यो घटना भएको बताइएको छ । बुधवार अवेर राति घर  हिमपहिरोले पुरिएपछि एक परिवार प्रभावित भएको सरकारका प्रवक्ता सकीना एहसानीले जानकारी दिए।

स्थानीय गाउँलेहरुले चार जनाको लास भेट्टाएको र यसै  परिवारका एक  सदस्य घाइते भएका र उनलाई उद्धार गरेको अझै दुई जना बेपत्ता रहेका प्रवक्ताले बताए। 

अफगानिस्तानको राजधानी काबुलबाट २९० किलोमिटर पश्चिममा रहेको सो प्रान्तमा बुधबारको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको तथा सोही दिन छिमेकमा पर्ने प्रान्तमा अन्य तीनको मृत्यु भएपछि यो सङ्ख्या सात पुगेको छ ।


जापानीको नाङ्गो परेड (फोटो फिचर)
जापानीको नाङ्गो परेड (फोटो फिचर)

जापानमा एकैसाथ हजारौं मानिसहरुले नाङ्गिएर एक पर्व मनाएका छन्। 'नेकेड फेस्टिभल' अर्थात नाङ्गो पर्वका अवसरमा जापानीहरु नाङ्गिएका हुन्।  एउटा काठको लौरो भेट्न करि..

सामूहिक चिहानमा ६००० मानिसको शव र हजारौं थान गोली भेटियो
सामूहिक चिहानमा ६००० मानिसको शव र हजारौं थान गोली भेटियो

पूर्वी अफ्रिकी मुलुक बुरुण्डीमा चिहानमा ६०३३ मानिसको शव र हजारौं थान गोली फेला परेको छ। सन् २०२० को जनवरीदेखि देशव्यापी रुपमा शुरु गरिएको चिहान खन्ने अभियानमा हजारौं मानिसहरुक..

कोरोना भाइरस विरुद्ध एकजुट हुन डब्ल्युएचओको आह्वान
कोरोना भाइरस विरुद्ध एकजुट हुन डब्ल्युएचओको आह्वान

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ ।  संगठनका महानिर्देशक टेड्रोस अधानोम घे..

हतियारधारी समूहले ३० जनाको हत्या गर्‍यो
हतियारधारी समूहले ३० जनाको हत्या गर्‍यो

अफ्रिकी मुलुक नाइजेरियामा हतियारधारी समूहले ३० जनाको विभत्स हत्या गरेको छ।  नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरु..