चीनबाट अस्ट्रेलिया प्रवेशमा थप एक साता प्रतिबन्ध


एजेन्सी प्रकाशित: २०७६-११-१ गते
चीनबाट अस्ट्रेलिया प्रवेशमा थप एक साता प्रतिबन्ध

एजेन्सी :  कोरोना भाइरसबाट प्रभावित चीनको मुख्य भूभागबाट आउने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा लगाइएको प्रतिबन्ध कम्तीमा अरु एक हप्ताका लागि बढाउने अस्ट्रेलिया सरकारले घोषणा गरेको छ ।

पछिल्लो समय चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या तीव्र रुपमा बढेपछि अस्ट्रेलियाले उक्त निर्णय गरेको जनाएको छ । प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियालीलाई कोरोना भाइरसको जोखिमबाट जोगाउन अरु केही हप्ता चीनको मुख्य भूभागबाट आउने आगन्तुकमाथि रोक लगाइएको जानकारी दिए। 

उनले यो प्रतिबन्ध भाइरसको परिस्थितिमा विचार गरेर हप्तैपिच्छे निर्णय लिइने बताए। यस निर्णयले अष्ट्रेलियाका पर्यटन व्यवसायीलाई ठूलो चोट पुगेको छ । चिनियाँ पर्यटकको हिस्सा घटेपछि व्यवसायमा ठूलो नोक्सानी भएको छ ।

साथै नयाँ शैक्षिक वर्षका लागि अष्ट्रेलिया फर्कने आशा गरिरहेका हजारौँ चिनियाँ विद्यार्थी अलपत्र परेका छन् । नयाँ कोरोना भाइरसबाट चीनमा ज्यान गुमाउने र सङ्क्रमित व्यक्तिको संख्या नाटकीय रुपमा बढेको छ ।

पछिल्लो विवरणमा चीनमा मात्र एक हजार ३५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने ५० हजारभन्दा बढीमा कोरोनाको सङ्क्रमण देखिएको छ । प्रधानमन्त्री मोरिसनले भने, ‘हाम्रो पहिलो कर्तव्य हरेक अष्ट्रेलियालीलाई सुरक्षित राख्नु हो ।’


जापानीको नाङ्गो परेड (फोटो फिचर)
जापानीको नाङ्गो परेड (फोटो फिचर)

जापानमा एकैसाथ हजारौं मानिसहरुले नाङ्गिएर एक पर्व मनाएका छन्। 'नेकेड फेस्टिभल' अर्थात नाङ्गो पर्वका अवसरमा जापानीहरु नाङ्गिएका हुन्।  एउटा काठको लौरो भेट्न करि..

सामूहिक चिहानमा ६००० मानिसको शव र हजारौं थान गोली भेटियो
सामूहिक चिहानमा ६००० मानिसको शव र हजारौं थान गोली भेटियो

पूर्वी अफ्रिकी मुलुक बुरुण्डीमा चिहानमा ६०३३ मानिसको शव र हजारौं थान गोली फेला परेको छ। सन् २०२० को जनवरीदेखि देशव्यापी रुपमा शुरु गरिएको चिहान खन्ने अभियानमा हजारौं मानिसहरुक..

कोरोना भाइरस विरुद्ध एकजुट हुन डब्ल्युएचओको आह्वान
कोरोना भाइरस विरुद्ध एकजुट हुन डब्ल्युएचओको आह्वान

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ ।  संगठनका महानिर्देशक टेड्रोस अधानोम घे..

हतियारधारी समूहले ३० जनाको हत्या गर्‍यो
हतियारधारी समूहले ३० जनाको हत्या गर्‍यो

अफ्रिकी मुलुक नाइजेरियामा हतियारधारी समूहले ३० जनाको विभत्स हत्या गरेको छ।  नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरु..