ठेकेदारलाई संरक्षण गर्दै सरकारले ८६ अर्बका साढे ११ सय ठेक्का अलपत्र पार्‍यो


नेपालपाना प्रकाशित: २०७६-११-१ गते
ठेकेदारलाई संरक्षण गर्दै सरकारले ८६ अर्बका साढे ११ सय ठेक्का अलपत्र पार्‍यो

काठमाडौं : सरकारले ठेकेदारलाई संरक्षण गर्दा जनताले तिरेको कर र दाताको सहायतामा अघि बढेका ८६ अर्ब रुपैयाँ बराबरका विकास आयोजनाका ठेक्का अलपत्र परेको छ। 

सम्झौताअनुसार यी आयोजनाको निर्माण अवधि सकिइसकेको छ। ११५३ वटा आयोजनालाई अघि बढाउनुको सट्टा सरकारले रुग्णको सूचीमा राखेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघिल्लो माघमा गरेको अध्ययनअनुसार १ खर्ब १८ अर्ब १ करोड रुपैयाँ बराबरका विकास आयोजनाहरु समयमा काम नभएर रुग्ण अवस्थामा रहेको पाइएको थियो। 

ग्रामिण क्षेत्रमा सुत्केरी गराउने बर्थिङ सेन्टरजस्ता अति महत्वपूर्ण कामदेखि राजमार्ग, खानेपानी, पुल, सडक र विद्युत प्रसारण लाईनजस्ता महत्वपूर्ण कामलाई ठेकेदारले अलपत्र पारेको छ। यसरी काम नगर्ने ठेकेदारमाथि न सरकारले कडा कारबाही गर्न सकेको छ, न त कारबाही नै गरेको छ। 

रुग्णमध्ये एक बर्षको अवधिमा ६१८ वटा आयोजनाको काम भने सम्पन्न भएको छ। सरकारले यसबीचमा २८ वटा ठेक्का सम्झौता तोडेको छ। तर ८६ अर्ब ४४ करोड रुपैयाँ बराबरका १२०२ आयोजना अलपत्र छन्। 

यसबीचमा सरकारले काम नगर्ने ठेकेदारलाई उल्टै पुरस्कार दिएजस्तो गरी ४९ वटा आयोजनाको ठेक्का म्याद थपेको छ। तर अन्य आयोजनाको न त म्याद थपिएको छ, न त ठेक्का सम्झौता नै तोडिएको छ।


वर्तमान सरकार आर्थिक रुपमै असफल भएको तथ्यांक सार्वजनिक
वर्तमान सरकार आर्थिक रुपमै असफल भएको तथ्यांक सार्वजनिक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सफल भएको दाबी गरिरहँदा देशको आर्थिक अवस्था झनै डामाडोल बनेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको पहिलो ६..

नेप्से परिसूचक आज १९.३९ अंकले बढ्यो
नेप्से परिसूचक आज १९.३९ अंकले बढ्यो

काठमाडौं । नेप्से परिसूचक आज १९ दशमलव ३९ अंकले बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज बढेर १२ सय ६३ दशमलव ९७ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । आज..

सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । सुनको भाउ आइतबार ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि सुन गएको पुस २३ गते नयाँ रेकर्ड बनाउँदै तोलाको साढे ७६ हजार रुपैय..

सरकारले गरेको सार्थक प्रयासका कारण प्रतिव्यक्ति ऊर्जा खपत वृद्धि
सरकारले गरेको सार्थक प्रयासका कारण प्रतिव्यक्ति ऊर्जा खपत वृद्धि

काठमाडौँ । विद्युत् खपत बढाउनका लागि सरकारले गरेको सार्थक प्रयास एवं प्रचारात्मक अभियानका कारण चालू आर्थिक वर्षको छ महिनामा प्रतिव्यक्ति ऊर्जा खपत बढेको पाइएको छ ।  मु..