भारतीय नम्बरको ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु


नेपाल पाना प्रकाशित: २०७६-११-२ गते
भारतीय नम्बरको ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

धादिङ। भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । 

बेनीघाट रोराङ गाउँपालिका ५ चरौँदी पुल नजिकै आज बिहान काठमाडौँतर्फ जाँदै गरेको बीआर ६ जिडी ८६७१ नम्बरको भारतीय ट्रकले काठमाडौं बाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१४ प ३९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

ट्रकको ठक्करबाट स्कुटर चालक सोलुखुम्बु जिल्ला मुक्ली नगरपालिका-१ का २२ वर्षीय प्रकाश बस्नेतको घटनास्थलमै मृत्यु भएको र स्कुटरमा पछाडि सवार एक घाइते भएका छन् । घाइते काभ्रेका सनिष थापालाई उपचारका लागि काठमाडौंस्थित टिचिङ अस्पताल भर्ना गरिएको छ । दुर्घटनालगत्तै भागेका ट्रक चालकलाई गजुरी प्रहरीले पक्राउ गरेको छ ।


मातातीर्थको १७३ रोपनी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जेल हाल्ने तयारी 
मातातीर्थको १७३ रोपनी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जेल हाल्ने तयारी 

काठमाडौं: प्रधानमन्त्री हुँदा २०६८ सालमा काठमाडौंको मातातीर्थस्थित १७३ रोपनी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि छानबीन ह..

ललिता निवास किनबेच गर्नेहरुमाथि सीआईबीमा ठगी र कीर्तेको जाहेरी दर्ता
ललिता निवास किनबेच गर्नेहरुमाथि सीआईबीमा ठगी र कीर्तेको जाहेरी दर्ता

काठमाडौं : बालुवाटारको ललिता निवास प्रकरणमा संलग्नहरुमाथि  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी परेको छ । गृह मन्त्रालयले शुक्रबार नै संल..

पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक भेटघाटका लागि दिल्ली प्रस्थान
पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक भेटघाटका लागि दिल्ली प्रस्थान

काठमाडौं । आइतबार अपराह्नमा पूर्व राजा ज्ञानेन्द्र शाह दिल्ली प्रस्थान गरेका छन् ।  दुई साता भारतको भ्रमणमा रहने पूर्वराजा शाहले राजनीतिक भेटघाट गर्ने जनाइएको छ । उनले..

पूर्वसभामुख महराविरुद्धको सुनुवाइ सकियो
पूर्वसभामुख महराविरुद्धको सुनुवाइ सकियो

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा  पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ भ..