गिरिजामाथि आक्षेप लाउँदा गर्जिए जितजंगः प्रचण्ड ज्यू, तपाईको मानसिक अवस्था त ठीक छ ?


नेपाल पाना प्रकाशित: २०७६-११-२ गते
गिरिजामाथि आक्षेप लाउँदा गर्जिए जितजंगः प्रचण्ड ज्यू, तपाईको मानसिक अवस्था त ठीक छ ?

काठमाडौं । नेपाल तरुण दलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिमा कडा आपत्ति जनाएको छ । दलका अध्यक्ष जितजंग बस्नेतले नेपालपानासँग कुरा गर्दै ‘गिरिजाप्रसाद कोइरालाले ठूला ठूला आक्रमण गर्न भन्नु भयो’ भन्ने अभिव्यक्ति आपतिजनक रहेको बताए । 

नेकपा अध्यक्ष प्रचण्डले बिहीबार जनयुद्ध दिवसका अवसरमा पार्टी कार्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा जनयुद्धका क्रममा नेपाली कांग्रेसका तत्कालिन सभापति स्व। गिरिजाप्रसाद कोइरालाले ठूला आक्रमण गरिदिन आग्रह गर्ने गरेको बताएका थिए । ‘गिरिजाप्रसाद कोइराला र मेराबीच दिनदिनै फोनमा कुरा हुन्थ्यो। उहाँले अली ठूला आक्रमण गर्न र्पयो भन्नु हुन्थ्यो। जिल्ला सदरमकाम हान्न र्पयो भन्नुहुन्थ्यो। संसारमा यस्तो कमै छ’, उनले भनेका थिए । 

प्रचण्डको यो अभिव्यक्तिको खण्डन गर्दै तरुण दलले गिरिजाकै कारण शान्ति प्रक्रियामा आएर राज्यको सर्वोच्च निकायमा पुगेको र शासन गरेको तथ्य नभुल्न चेतावनी समेत दिएको छ । ‘माओवादी आजको अवस्थासम्म आइपुग्नुमा शिखर पुरुष गिरिजाबाबुकै देन हो । यो तथ्यलाई भुलेर दिवंगत नेतामाथि आक्षेप लगाउने कुरा निन्दनीय छ । पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिलाई हामीले के बोल्ने नभोल्ने भनेर सिकाउनुपर्ने अवस्था नआओस्’, अध्यक्ष बस्नेतले भने ।

पूर्वप्रधानमन्त्रीजस्तो मान्छेले तल्लो स्तरमा गिरेर अभिव्यक्ति दिँदा उनको मानसिक सन्तुलन ठीक नभएको जस्तो लागेको बस्नेतको भनाई छ । ‘उहाँको अभिव्यक्ति हेर्दा मानसिक सन्तुलन बिग्रिएको हो कि जस्तो लाग्न थालेको छ । दुइपटक प्रधानमन्त्री भइसकेको राजनीतिज्ञबाट तल्लो स्तरको अभिव्यक्ति आउनु अस्वभाविक हो’, बस्नेतले भने । 

अध्यक्ष बस्नेतले आफ्नो बोली सुधार्न र माफी माग्न प्रचण्डलाई आग्रह समेत गरे । छिनछिनमा बोली फेर्ने प्रचण्डको प्रवृति अस्वभाविक रहेको र यो मानसिक सन्तुलन ठीक नभएको संकेत भएको भन्दै समस्या उपचार गराउन पनि बस्नेतले सुझाव दिए । 

नेकपा अध्यक्ष प्रचण्ड नेपाली राजनीतिमा छिटो छिटो बोली फेर्ने तथा अस्थिर राजनीतिज्ञका रुपमा चिनिन्छन् । यद्यपि उनले आफू अस्थिर नभएको दाबी गर्दै आएका छन् । तर, पनि उनी बेला बेला आफ्नो अभिव्यक्तिमा चिप्लिन्छन् ।


प्रजातन्त्र सेनानी शाक्यको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त
प्रजातन्त्र सेनानी शाक्यको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं : नेपाली काँग्रेसका सभापति एवं पूूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज ए..

काँग्रेसलाई बलियो बनाउन सबै लागौँ : कांग्रेस वरिष्ठ नेता पौडेल
काँग्रेसलाई बलियो बनाउन सबै लागौँ : कांग्रेस वरिष्ठ नेता पौडेल

तनहुँ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।  पार्टीको आँबुखैरेनी गाउँ कार्य समितिले आज आयोजना..

यी हुन् ओलीको ‘दादागिरी’विरुद्ध खुलेयाम बोल्ने हिम्मतवाला नेकपा सांसद, पार्टी फुट्ने धम्की !
यी हुन् ओलीको ‘दादागिरी’विरुद्ध खुलेयाम बोल्ने हिम्मतवाला नेकपा सांसद, पार्टी फुट्ने धम्की !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीमा प्रधानमन्त्री केपीशर्मा ओली टिमको दादागिरीविरुद्ध एक सांसदले खुलेयाम चुनौती दिएका छन् । प्रमुख सल्लाहकार विष्णु रिमालको ‘छौडा&rsq..

प्रधानमन्त्री ओलीले संसदमा यसरी गरे असफलताको ढाकछोप  (भाषणको पूर्णपाठ)
प्रधानमन्त्री ओलीले संसदमा यसरी गरे असफलताको ढाकछोप (भाषणको पूर्णपाठ)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नेतृत्वको सरकारले निकै राम्रो काम गरेको भन्दै आफ्नो मन्त्रीपरिषद्को ढाकछोप गरेका छन्।  सरकार गठन भएको दुई बर्ष पुग..