काठमाडौंको जुवा खालबाट १६ जना जुवाडे पक्राउ


नेपाल पाना प्रकाशित: २०७६-११-३ गते
काठमाडौंको जुवा खालबाट १६ जना जुवाडे पक्राउ

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–९ बाट ६ लाख २५ हजार रुपैयाँ नगदसहित १६ जना जुवाडे पक्राउ परेका छन् । 

तारकेश्वर–९ को शुभकामना चोकमा रहेको केशव पाण्डेको घरमा जुवा खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ प्रहरीले नगदसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट पुगेको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । बोगटीका अनुसार, पाण्डेको घरमा भाडामा बस्दै आइरहेका दिनेश पन्तले जुवा खेलाउने गरेको पाइएको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १६ का ४२ वर्षीय शंकर डंगोल, राजु गुरुङ, धादिङ सल्यानटारका पदम अधिकारी, गल्छी गाउँपालिकाका दिनेश कुँवर, काठमाडौं बूढानीलकण्ठ नगरपालिकाका ६० वर्षीय मोहन खड्का, शिवजी शिवाकोटी र सूर्यविनायक नगरपालिका–१० का ४६ वर्षीय देवेन्द्र केसी छन् । 

त्यसैगरी, मकवानपुर इन्द्रसरोवरका श्याम सुन्दर नगरकोटी, काठमाडौं नगरपालिका–३ का देवरत्न श्रेष्ठ, स्याङ्जा चापाकोटका विमल मगर, नागार्जुन–१ का रोशन ठकुरी, तारकेश्वर–६, काठमाडौंका रामशरण खत्री, नुवाकोट पञ्‍चकन्याका दिनेश पन्त, गोरखा धार्चेका बुद्धिबहादुर गुरुङ, आरुघाट–२ का अनुप गुरुङ र धादिङका इन्द्रराज बिडारी पनि जवा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।


कोरोनाका कारण आफ्नो देश फर्कने विद्यार्थीलाई छात्रवृत्ति नदिने चीनको निर्णय !
कोरोनाका कारण आफ्नो देश फर्कने विद्यार्थीलाई छात्रवृत्ति नदिने चीनको निर्णय !

काठमाडौं । चीन छाडेर आफ्नो देश फर्कने विद्यार्थीहरुले छात्रवृत्तिमा निरन्तरता नपाउने भएका छन् ।  चाइना डेलीको मास्टहेडसहित प्राप्त खबर अनुसार कोरोना भाइरस संक्रमणका का..

अनशनरत पौडेलको माग अझै सम्बोधन भएन, कांग्रेसले गर्यो चरणबद्ध आन्दोलनको घोषणा
अनशनरत पौडेलको माग अझै सम्बोधन भएन, कांग्रेसले गर्यो चरणबद्ध आन्दोलनको घोषणा

चितवन । फागुन ७ गतेदेखि आमरण अनशनमा बसेका कृष्ण पौडेलको स्वास्थ्य स्थिति जटिल भई भरतपुर अस्पताल भर्ना भएका छन् । जिल्ला कार्यसमिति चितवनले सोमबार विज्ञप्ति जारी गर्दै आन्दो..

न जागिर, न व्यापार, न त पैत्रिक सम्पत्ति नै, कहाँबाट बने ती आलिशान बंगला ?
न जागिर, न व्यापार, न त पैत्रिक सम्पत्ति नै, कहाँबाट बने ती आलिशान बंगला ?

काठमाडौं । अस्पतालमा उपचार गराइरहेका एक परिचितलाई भेट्न जाँदाको संवादले आम नेपालीको वर्तमान अवस्थाको चित्र उतारेको जस्तो लाग्यो।  उनले प्रसंगवश भनेका थिए, ‘हामी..

बाँस्कोटा अडियो प्रकरणसँगै ओलीको परीक्षाको घडी सुरु: उपाध्यक्ष सीपी गजुरेल
बाँस्कोटा अडियो प्रकरणसँगै ओलीको परीक्षाको घडी सुरु: उपाध्यक्ष सीपी गजुरेल

काठमाडौं ।  नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पनि धार..