अनाथालयमा भिषण आगलागी, १५ जना बालबालिकाको मृत्यु


नेपाल पाना प्रकाशित: २०७६-११-३ गते
अनाथालयमा भिषण आगलागी, १५ जना बालबालिकाको मृत्यु

अमेरिका । अमेरिकाको एक अनाथालयमा आगलागी हुदाँ १५ बालबालिकाको मृत्यु भएको छ । 

धार्मिक गैरनाफामूलक संस्थाले हाइटीको राजधानी पोर्ट औ पिन्समा सञ्चालन गरेको अनाथालयमा शुक्रबार आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको ज्यान गएको हो । ६० बालबालिका भने आगलागीबाट बाँच्न सफल भएका छन् ।

अनाथालयको चर्चबाट सुरु भएको आगोमा जलेर ती बालबालिकाको मृत्यु भएको हाइटीस्थित युनिसेफको बालबालिका सुरक्षा प्रमुख जेनिफर मेल्टनले जनाएकी छन् ।

अग्नि नियन्त्रण संस्थाका अधिकारीहरूले बलिरहेको क्यान्डलबाट आगलागी भएको हुनसक्ने अनुमान गरेका छन् । तर, ठोस कारण अहिलेसम्म पत्ता लागिसकेको छैन ।

हाइटीका राष्ट्रपति जोभेनल मोसीले एक ट्विट गर्दै घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन् । साथै उनले घटनाबारे सत्यतथ्य पत्ता लगाउन अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

पेन्सिलभेनिया बेस्ड द चर्च अफ बाइबल अन्डस्ट्यान्डिङले हाइटीमा सन् १९७७ देखि अनाथ र असहाय बालबालिकाका लागि लक्षित गरेर यो अनाथालय सञ्चालनमा छ । पछिल्लो समय गृहमा १५० बालबालिका आश्रित थिए ।


राजा महाराजाको जस्तै देशलाई केक बनाए काट्ने ओलीलाई खतिवडाले दिए झटारो
राजा महाराजाको जस्तै देशलाई केक बनाए काट्ने ओलीलाई खतिवडाले दिए झटारो

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो जन्मोत्सव मनाउँदा देशको नक्सालाई केक बनाएर काटेर खाएकोमा आक्रोश पोखेका छन् । नेत..

बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री ओलीले पनि राजीनामा दिनुपर्छः डा. शेखर कोइराला
बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री ओलीले पनि राजीनामा दिनुपर्छः डा. शेखर कोइराला

बाँके ।  नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा प्रकरणमा सरकारको नेतृत्वकर्ताका हैसियतमा प्रधानमन्त्..

गोकुल बाँस्कोटाले भाँचेको प्रधानमन्त्री ओलीको तुलो
गोकुल बाँस्कोटाले भाँचेको प्रधानमन्त्री ओलीको तुलो

काठमाडौं । बालुवाटारमा एक्सप्रेस पहुँच भएका गोकुल बाँस्कोटाको अडियो प्रकरणले प्रधानमन्त्रीको सार्वजनिक छवि र निष्ठाप्रति नागरिक स्तरबाट प्रश्न उठाइदिएको छ। सत्तरी करोडको कम..

गोकुल बाँस्कोटालाई पार्टीले कुनै कारबाही गर्न जरुरी नै छैनः नेकपा
गोकुल बाँस्कोटालाई पार्टीले कुनै कारबाही गर्न जरुरी नै छैनः नेकपा

काठमाडौं । नेकपाको सचिवालय बैठक कुनै निर्णय बिना सकिएको छ । ७५ करोड कमिसन प्रकरणमा मुछिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथिको कारबाहीबारे छलफल गर्न..