सुशासन कायम गर्न खोज्दा भ्रष्टाचार गर्नेहरु मुर्मुरिँदा रहेछन्ः प्रधानमन्त्री ओली


नेपाल पाना प्रकाशित: २०७६-११-३ गते
सुशासन कायम गर्न खोज्दा भ्रष्टाचार गर्नेहरु मुर्मुरिँदा रहेछन्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ललिता निवास जग्गा हिनमिना प्रकरणमा दोषी जुनसुकै तहको भए पनि कारबाही हुने बताएका छन् । 

‘आरोपीहरु अदालतबाट फैसला नभएसम्म दोषी हुन्नन्’ प्रधानमन्त्रीले शनिबार प्रतिनिधिसभामा भने, ‘ललिता निवास जग्गा हिनामिना प्रकरण छानविनको लागि मैले नै छानविन समिति बनाए । जग्गा र प्रधानमन्त्री निवास भएको हुनाले जग्गा प्रधानमन्त्रीले नै खाएको हो जस्तो गरी प्रचारवाची समेत गरियो, त्यसमा संलग्नहरुविरुद्ध अहिले मुद्दा चलेको छ । दुराचारी र दुराचार, भ्रष्टचारी र भ्रष्टचार सहन्न । दुराचारी र भ्रष्टचारीप्रति मुखमा पानी हालेर बस्दिन । मुलुकमा सुशासन कायम गर्न खोज्दा भ्रष्टाचार गर्नेहरु मुर्मुरिँदा रहेछन् । भ्रष्टचारी र दुराचारी जतिसुकै तह र जुनसुकै ओहोदाको होस् छोडिन्न ।’


राजा महाराजाको जस्तै देशलाई केक बनाए काट्ने ओलीलाई खतिवडाले दिए झटारो
राजा महाराजाको जस्तै देशलाई केक बनाए काट्ने ओलीलाई खतिवडाले दिए झटारो

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो जन्मोत्सव मनाउँदा देशको नक्सालाई केक बनाएर काटेर खाएकोमा आक्रोश पोखेका छन् । नेत..

बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री ओलीले पनि राजीनामा दिनुपर्छः डा. शेखर कोइराला
बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री ओलीले पनि राजीनामा दिनुपर्छः डा. शेखर कोइराला

बाँके ।  नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा प्रकरणमा सरकारको नेतृत्वकर्ताका हैसियतमा प्रधानमन्त्..

गोकुल बाँस्कोटाले भाँचेको प्रधानमन्त्री ओलीको तुलो
गोकुल बाँस्कोटाले भाँचेको प्रधानमन्त्री ओलीको तुलो

काठमाडौं । बालुवाटारमा एक्सप्रेस पहुँच भएका गोकुल बाँस्कोटाको अडियो प्रकरणले प्रधानमन्त्रीको सार्वजनिक छवि र निष्ठाप्रति नागरिक स्तरबाट प्रश्न उठाइदिएको छ। सत्तरी करोडको कम..

गोकुल बाँस्कोटालाई पार्टीले कुनै कारबाही गर्न जरुरी नै छैनः नेकपा
गोकुल बाँस्कोटालाई पार्टीले कुनै कारबाही गर्न जरुरी नै छैनः नेकपा

काठमाडौं । नेकपाको सचिवालय बैठक कुनै निर्णय बिना सकिएको छ । ७५ करोड कमिसन प्रकरणमा मुछिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथिको कारबाहीबारे छलफल गर्न..