2020-04-05 16:25:16

पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक भेटघाटका लागि दिल्ली प्रस्थान

प्रकाशित

काठमाडौं । आइतबार अपराह्नमा पूर्व राजा ज्ञानेन्द्र शाह दिल्ली प्रस्थान गरेका छन् । 

दुई साता भारतको भ्रमणमा रहने पूर्वराजा शाहले राजनीतिक भेटघाट गर्ने जनाइएको छ । उनले नयाँदिल्ली र चण्डीगढको भ्रमण गर्ने कार्यक्रम रहेको छ । पूर्वराजा शाहसँगै पत्नी कोमल र परिवारका केही सदस्य भ्रमण टोलीमा रहेका छन् ।

पूर्वराजाको यो पारिवारिक भ्रमण बताइए पनि केही महत्वपूर्ण ब्यक्तिहरुसँग भेटघाट गर्नेछन् । पूर्वराजा शाह १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech