2020-04-05 14:51:56

ललिता निवास किनबेच गर्नेहरुमाथि सीआईबीमा ठगी र कीर्तेको जाहेरी दर्ता

प्रकाशित

काठमाडौं : बालुवाटारको ललिता निवास प्रकरणमा संलग्नहरुमाथि  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी परेको छ ।

गृह मन्त्रालयले शुक्रबार नै संलग्नहरुमाथि किटानी जाहेरी दर्ता गराएपनि जानकारी सार्वजनिक गरेको थिएन। मन्त्रालयले मुलुकी ऐनको ठगी र कीर्तेसम्बन्धी कसूरमा अनुसन्धानको माग गर्दै जाहेरी दर्ता गरेको स्रोतले जानकारी दियो।

जाहेरी दर्ता भएसँगै प्रहरीले ललितानिवास प्रकरणमा संलग्न आरोपितहरुलाइ पक्राउ गर्ने मार्गप्रशस्त भएको छ। क–कसका विरुद्ध किटानी जाहेरी दिइएको छ भन्ने अझै खुलेको छैन। सत्तारुढ नेकपाले यही प्रकरणमा मूख्य भूमीका खेलेका भनिएका महासचिव विष्णु पौडेल लगायतका नेताहरुलाई विशेष अदालतमा मुद्दा दायर गर्ने क्रममा कारबाही सिफारिस नै गरेको छैन। 

यसअघि आयोगले ललिता निवास जग्गा प्रकरणमा १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। स्रोतका अनुसार त्यसमध्ये पनि गृहले सीआईबीमा १७३ जनाविरुद्ध मात्रै जाहेरी दिएको छ। जाहेरीबाट बचाइएका बाँकी तीनजना को हुन् भन्नेबारे खुलेको छैन। 

ललितानिवासले चर्चेको १७४ रोपनी सार्वजनिक जग्गा विभिन्न जालझेल गरी बेच्ने प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई पनि मुछिएका थिए। तर अख्तियारले उनीहरुलाई पनि मुद्दा चलाउने क्रममा छुटाएको छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech