2020-04-05 14:47:54

वर्तमान सरकार आर्थिक रुपमै असफल भएको तथ्यांक सार्वजनिक

महंगी झनै बढ्यो, कामको खोजीमा युवाहरुले धमाधम देश छाड्दै
प्रकाशित

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सफल भएको दाबी गरिरहँदा देशको आर्थिक अवस्था झनै डामाडोल बनेको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा अघिल्लो सोही अवधिको तुलनामा महंगी ६.२ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक गरिदिएको छ। यो तथ्यांकसँगै वर्तमान सरकारले कालाबजारी नियन्त्रण गर्न नसकेको पुष्टि भएको छ। 

तथ्याङ्क हेर्न यहाँ Click गर्नुहोस्‌

गएको वर्ष पुससम्म ४ दशमलव ५८ प्रतिशत मूल्यवृद्धि रहेकोमा यो वर्षको पुस मसान्तसम्म यो ६ दशमलव ८२ प्रतिशतमा उक्लिएको छ।  ६ महिनाको अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि १०.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.२५ प्रतिशत रहेको छ ।

यो अवधिमा वैदेशिक रोजगारीमा जानेहरु पनि बढेका छन् । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या चालु आर्थिक वर्षको ६ महिनामा १७ दशमलव ७ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ।

अघिल्लो वर्षको ६ महिनामा विदेश जानेहरुको संख्या ३७ दशमलव ३ प्रतिशतले घटेको थियो । यस्तै, अघिल्लो आर्थिक बर्षको पहिलो ६ महिनामा रेमिट्यान्स आप्रवाह १७.६ प्रतिशतले बढेकोमा यो बर्ष ०.९ प्रतिशतले मात्रै बढेको छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech