2020-04-05 14:59:40

लेलेको जङ्गलमा निर्वस्त्र युवतीको लाश भेटियो

प्रकाशित

ललितपुर : ललितपुरको लेले सामुदायिक वनमा निर्वस्त्र अवस्थामा युवतीको लाश भेटिएको छ। 

मंगलोलियन अनुहारको अन्दाजी २२र२५ वर्षको महिलाको शव भेटिएको हुलियाका आधारमा पहिचान खुलाउने प्रयास भइरहेको ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिएका छन्। 

शव भेटिएको स्थानमा अहिले महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी कृष्णराज ओझासहितको टोली परिचालित भएको छ।

शवमा निलडाम देखिएको, तर जबरजस्ती करणी वा करणीको प्रयास भएको हुनसक्ने कुनै संकेत नभेटिएको प्रहरीले जानकारी दिएको छ।

युवतीको शवलाई अहिले पाटन अस्पतालतर्फ लैजान लागिएको छ।  लपोस्टमार्टम प्रतिवेदनबाट मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech