2020-04-05 15:12:20

सामूहिक चिहानमा ६००० मानिसको शव र हजारौं थान गोली भेटियो

प्रकाशित

पूर्वी अफ्रिकी मुलुक बुरुण्डीमा चिहानमा ६०३३ मानिसको शव र हजारौं थान गोली फेला परेको छ। सन् २०२० को जनवरीदेखि देशव्यापी रुपमा शुरु गरिएको चिहान खन्ने अभियानमा हजारौं मानिसहरुको कंकाल एकैपटक फेला परेको हो। 

बुरुण्डीको करुसी प्रान्तका ६ स्थानमा खन्दा ६०३३ जनाको कंकला बरामद गरिएको छ। कंकालको साथमा गोली, कपडा, चश्मा र अन्य सामानपनि खाडलबाट निकालिएको छ। कंकालसँग भेटिएका सामानहरुका आधारमा मृतकहरुको पहिचान हुनसक्ने खोजकर्ताहरुले बताएका छन्।

केही बर्षअघि बुरुण्डी सरकारले देशभरका ४००० सामूहिक चिहान खन्ने र द्वन्द्वमा मारिएका मानिसहरुको पहिचान गरिने निर्णय लिएको थियो। यसका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग बनाइएको थियो। 

सन् १९९३ देखि बुरुण्डीमा शुरु भएको युद्ध सन् २००५ सम्म चलेको थियो। यो युद्धमा करिब ३ लाख मानिसहरुले ज्यान गुमाएका थिए। एक सम्झौतापश्चात सो युद्ध रोकिएको थियो। 

बुरुण्डीमा सन् १९६५, १९६९, १९७२, १९८ र १९९३ मा सामूहिक नरसंहार भएको थियो। त्यहाँ रहेका जातीय हुतु र तुत्सी समूहरुका बीच व्यापक मारकाट चलेको थियो। 

आउँदो मे मा हुन लागेको चुनावअघि फेरि पनि बुरुण्डीमा मानवअधिकार हननका घटना हुनसक्ने संयुक्त राष्ट्र संघले चेतावनी दिएको छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech