2020-04-05 15:34:18

प्रजातन्त्र सेनानी शाक्यको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

प्रकाशित

काठमाडौं : नेपाली काँग्रेसका सभापति एवं पूूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत स्व बेखाजीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

काँग्रेसका नेता एवं प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा शाक्यको निधनको खबरले आफूलाई अत्यन्तै दुःख लागेको उल्लेख गर्दै सभापति देउवाले कठिन परिस्थिति, प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन र पार्टी सङ्गठन निर्माणमा उनले पुर्‍याएको योगदानको उच्च सम्मान व्यक्त गरेका छन्। 

देउवाको फेसबुक स्टाटस :

स्वतन्त्रता सेनानी शाक्यको आज काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ८९ वर्षको उमेरमा निधन भएको हो ।

स्व शाक्य ललितपुर उपमहानगरपालिकाको पूर्वप्रमुख, नगरपालिका सङ्घको पूर्वकेन्द्रीय अध्यक्ष र नेपाल प्रजातन्त्र सेनानी सङ्घको पूर्वजिल्ला सभापतिसमेत थिए ।

स्व शाक्यले नेपालको प्रजातान्त्रिक आन्दोलनहरु तथा पार्टीको सङ्गठनमा सक्रिय भूमिका निर्वाह गरेका काँग्रेसले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech