जम्मु-काश्मिर: पिडीपीबाट नेता तांत्रेको राजीनामा, समस्या सुधार गर्न अनुच्छेद-३७० लाई समर्थन

  |   प्रकाशित :

भारत ।  महबूबा मुफ्ती पार्टी (पीडीपी) का वरिष्ठ नेता शाह महमूद तांत्रेले पार्टीको प्रथमिक सदस्यताबाट राजीनामा दिएका छन् । 

सन् २०१४ मा  पीडीपीको तर्फबाट विधानसभाका लागि निर्वाचित तांत्रेले कांग्रेसको शासनमा करीब तीन दर्जन संशोधनका कारण अनुच्छेद- ३७० मा आफ्नो सार्थकता गुमाएको बताएका छन् ।

गत वर्ष अगस्त महिनामा सरकारले जम्मू-कश्मीरलाई विशेष दर्जा दिने समयमा अनुच्छेद -३७० को निरस्त गर्न राज्यको २ केंद्र शासित प्रदेशमा विभाजित गर्ने फैसला गरेको थियो ।

पीडीपीले ९ जनवरीको दिन उपराज्यपालसँग मिलाउन खाज्ने  दिलावर मीर, रफी अहमद मीर, जफर इकबाल, राजा मंज़ूर खान,  कमर हुसैन लगायत ८ जनालाई पीडीपीले पार्टी बाट निकालेका थिए । 

पार्टीबाट यसरी नेताहरुलाई  निकाल्नु ठिक नभएको तांत्रेले बताएका छन् ।  पार्टीबाट  निकाल्नु अगि कारण खुलाउन माग गर्नुपर्ने उनको भनाई थियो । उनले भनेका छन्, ‘उपराज्यपालसँग भेट्नु अपराध होइन, मौजूदा परिदृश्यमा हमीलाई केंद्र र उपराज्यपालसँग वर्ता गर्नुपर्ने र पूर्ण राज्यको दर्जा बहाल गर्न, छिमेकि हिमाचल प्रदेशको जस्तै भूमि र रोजगारको रक्षा माग गर्नुपर्ने हुन्छ, जो विना वर्ता हुदैन ।’ 

‘अनुच्छेद-३७० सँगसँगै मानिसको समस्या सुधार गर्नैका लागि आउनु पर्ने  तांत्रेले जनाए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech