मसूद अजहर बेपत्ता भएको भ्रम फैलायो पाकिस्तान, एफएटीएफको कारवाहीबाट बच्न नाटक गर्दै गरेको खुलासा !

  |   प्रकाशित :

काठमाडौं । पाकिस्तानले कार्रवाहीबाट बच्न नाटक गर्दै गरेको खुलासा भएको छ ।

केहि दिन अघि आतंकी संगठन जैश-ए-मोहम्मदको सरगना मसूद अजहर र उनका परिवार लापता भएको जानकारी गलत साबित भएको हो । खुफिया ऐजेन्सीका अनुसार फाइनेंशियल एक्शन टास्क फोर्सको कार्रवाईबाट बच्नका लागि पाकिस्तान नाटक गर्दै आएका छन् ।

मसूद अजहरलाई पाकिस्तान आर्मी र आईएसआई आर्मीको सेफ हाउस बहावलपुरमा राखिएको छ । भारतीय स्रोतका अनुसार बहावलपुरको मरकज-ए-उस्मानमा मसूद अजहर र उनका परिवारलाई कडा सुरक्षाका साथ राखिएको हो ।

भारतीय मिडीया आजतकले दिएको जानकारी अनुसार यसअघि मसूद अजहर आफ्नो बहावलपुर र खैबर पख्तूनख्वा स्थितको घरमा पनि आउने जाने गरेका थिए । केहिदिन अगाडी इमरान सरकारको मंत्री हमद अजहरले खुलासा खुलासा गरेका थिए कि जैश-ए-मोहम्मदका सरगना मसूद अजहर लापता भएको छ ।

एफएटीएफको कारवाहीबाट बच्न नाटक गर्दै पाकिस्तान

फ्रान्सको राजधानी पेरिसमा एफएटीएफ बैठक चल्दै छ । जसमा तय हुने छ कि पाकिस्तान उसका ग्रे लिस्टमा हुनेछ । यसैका कारण आतंकवादिमाथि कार्रवाही गर्नुको साटो इमरान खानले उनको संरक्षण दिँदै छ । हाफिज सईदलाई देखाउनका लागि गिरफ्तार गर्यो र मसूद अजहर लापता भएको भ्रम फैलायो । अब यस्को खुलासा भयो कि मसूद अजहर लापता होइन, उसलाई सेफहाउसमा राखिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech