2020-04-05 16:26:39

सञ्चारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर: कांग्रेस

प्रकाशित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न कांग्रेसले माग गरेको हो । मन्त्री बास्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि एक एजेन्टसँग अश्लिल संवाद गर्दै कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएलगत्तै कांग्रेसले विज्ञप्ति जारी गरेर मन्त्रीको बर्खास्ती र छानबिन माग गरेको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech