2020-04-05 16:17:48

काउन्सिलद्वारा लिएको लाइसेन्स परीक्षामा ५९ प्रतिशत आयुर्वेदका डाक्टर पास

प्रकाशित

काठमाडौँ । नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलद्वारा लिएको लाइसेन्स परिक्षामा ५९ प्रतिशत डाक्टर पास भएका छन् ।

उक्त परीक्षामा चिकित्सा शास्त्रमा स्नातक (व्याचलर इन आयुर्वेदिक मेडिसिन एण्ड सर्जरीरबीएएमएस) गरेका ३९ जना चिकित्सक सहभागी भएकोमा २३ जना पास गरेका हुन । फागुन ३ गते लिइएको लाइसेन्स परीक्षाको परिणाम बुधबार सार्वजनिक गरिएको हो ।

वर्षेनी दुई पटक लाइसेन्स परीक्षा लिने गरिएको छ । काउन्सिलका अध्यक्ष प्रा.डा. धनिकलाल भर्खेलको अनुसार यस अघि भदौ महिनामा पहिलो पटक लाइसेन्स परीक्षा सञ्चालन भएको थियो । हाल मुलुकका कलेजहरुबाट वर्षेनी १८० जना आयुर्वेदका चिकित्सक उत्पादन हुने अवस्था छ । काउन्सिलमा ७२९ जना आयुर्वेदका डाक्टर दर्ता गरिएका छन् । कान्तिपुर दैनिकबाट

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech