2020-04-05 14:43:44

गोकुल बाँस्कोटाले राजीनामा दिने, प्रधानमन्त्रीले दिए निर्देशन

प्रकाशित

काठमाडौं । करोडौं कमिसन काण्डमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा दिन दबाब परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिपक्षी नेपाली कांग्रेसले बाँस्कोटालाई राजीनामा दिन भनेका छन् । कांग्रेसले राजीनामा दिएर निष्पक्ष छानविन हुनुपर्ने माग राखेको छ । 

यसैबीच चौतर्फी विरोध भएपछि प्रधानमन्त्री ओलीले गोकुललाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको बालुवाटार स्रोतले बताएको छ । बाँस्कोटाका कारण बाहिर सरकारको चौतर्फी आलोचना भएपछि ओलीले राजीनामा मागिएको बुझिएको छ । ओलीले राजीनामा दिएर छानविनमा सघाउन निर्देशन दिएका हुन् । 

बाँस्कोटा अहिले सुदूरपश्चिमको भ्रमणमा छन् । फर्केर आएपछि पत्रकार सम्मेलनमार्फत उनले दिउँसो राजीनामा दिनेछन् । प्रधानमन्त्रीलाई बाँस्कोटाले फर्केर राजीनामा दिने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए । सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन लिन खोजेको अडियो सार्वजनिक भएपछि अहिले बाँस्कोटा विवादित बनेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech