गोकुल बाँस्कोटालाई बर्खास्त गर्नेबारे ओली र प्रचण्डबीच छलफल

  |   प्रकाशित :

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसनवाला अडियो काण्डबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बाँस्कोटासँग कमिसन काण्डबारे स्पष्टिकरण लिने र कारवाही अगाडि बढाउने सहमति दुई अध्यक्षबीच भएको छ ।   

बाँस्कोटा अहिले उपत्यकाबाहिर छन् । बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो अहिले भाइरल भइरहेको छ । प्रतिपक्षी नेपाली कांग्रेसले बर्खास्त गरि अनुसन्धान गर्न सरकारसँग माग गरेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech