अब प्रतिनिधिसभाको बैठक फागुन १३ गते बस्ने

  |   प्रकाशित :

काठमाडौँ । अब प्रतिनिधिसभाको बैठक फागनु १३ गते बस्ने भएको छ । 

आज बसेको प्रतिनिधि सभाको बैठकको सुरुमा नै काँग्रेसका सांसदले आसनबाट उभिएर विरोध जनाएपछि फागुन १३ गतेसम्मको लागि स्थगित गरिएको हो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएसँगै नेपाली काँग्रेसले विरोध जनाउँदै आएका थिए । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech