2020-04-05 14:53:51

कोरोना देखिएका ९ देशका बिरामी निको, ज्यान गुमाउनेको संख्या २३ सय पुग्याे

प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संकेत देखिएका ९ देशका विरामी निको भएका छन् । 

नेपालसहित ९ देशका विरामी स्वास्थ्य लाभ गरेर घर फर्किएका हुन् । नेपाल, श्रीलंका, फिनल्याण्ड, इजिप्ट, कम्बोडिया र बेल्जियममा एकर एक जनामा कोभिड-१९ को संकेत देखा परेको थियो ।

यस्तै, भारतमा तीन तथा स्पेन र रसियामा दुईरदुई जनामा कोभिड-१९ को लक्षण देखिएको थियो । शुक्रबार विहानसम्म यी ९ वटै देशका सबै बिरामी घर फर्किसकेका छन् । 

कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २ सय ७६ पुगेको छ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा २ सय ७ जनाले ज्यान गुमाएको बीबीसीले जनाएको छ । 

चीन बाहिर अहिलेसम्म ६ जनाले ज्यान गुमाईसकेका छन् । चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७५ हजार ६ सय पुगेको छ । चीन बाहिरका विभिन्न देशमा गरी एक हजारभन्दा धेरै मानिसमा संक्रमण भएको समाचार संस्था सीएनएनले जनाएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech