2020-04-05 15:03:28

घुस रकमसहित खानेपानीका प्राविधिक परे अख्तियारको फन्दामा

प्रकाशित

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले भेरीगंगा नगरपालिकाका एक जना प्राविधिक घुस रकमसहित पक्राउ गरेको छ । 

अख्तियारको टोलीले  भेरीगंगा नगरपालिकाका खानेपानी तथा सरसफाई प्राविधिक चित्रबहादुर केसीलाई घुससहित पक्राउ गरेको हो । भेरीगंगा नगरपालिका(११ स्थित तल्लो बराह क्षेत्रमा निर्माण भएको झोलुङ्गे पुलको भुक्तानीका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग उक्त रकम घुसलिइसकेको अवस्थामा उनी पक्राउ परेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सेवाग्राहीसँग घुस मागीरहेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले बिहीबार साँझ सोही नगरपालिकाको वडा नम्बर १० स्थित मदानीचौरको उन्नती टोलबाट केसीलाई पक्राउ गरेको उनले बताए । केसीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको कोइरालाले बताए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech