2020-04-05 15:19:32

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति छ आजको भाउ ?

प्रकाशित

काठमाडौं । शुक्रबार एकैदिन पाँच सयले बढेर छापावाल सुनको मूल्य प्रतितोला ७८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार बजारमा तोलाको ७७ हजार १ सयमा कारोबार भएको सुन बिहीबार र शुक्रबार ५र५ सयले बृद्धि भएको हो ।

महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला ९ सय १५ रुपैयाँमा स्थिर रहेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech