2020-04-04 15:13:46

जबसम्म मोदी सत्ता रहन्छन्, तबसम्म भारत-पाकिस्तान क्रिकेट सीरीज सम्भव छैनः शाहिद अफरीदी

प्रकाशित

काठमाडौं । पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहिद अफरीदीले भारत र पाकिस्तानबीचको सम्बन्धमा तल्खीका लागि भारतीय प्रधानमन्त्री नरेंद्र मोदीमाथि निशाना बनाउँदै गरेको छ । 

पाकिस्तानी मीडियाका अनुसार, अफरीदीले एक साक्षात्कार कार्यक्रममा बोल्दै “छिमेकी भारतबाट सम्बन्ध खराब भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जब सम्म रहन्छ तबसम्म भारत र पाकिस्तान क्रिकेट टीम बीच द्विपक्षीय श्रृंखला हुदैन ।” भनेका छन् ।  

अफरीदीले मोदीमाथि विवादित टिप्पणी गर्दै भने “मलाई लाग्दैन कि मोदी सत्तामा रहेकै बेला भारतबाट कुनै जवाफ आउछ, हामी अब उनको मानसिकता बुभोको छु, दुबै देशको जनता यस्तो चाहदैन तर एक जना दुबै देशको सम्बन्धलाई बर्बाद् गर्न सक्छ ।”

अफरीदीले पाकिस्तान सुपर लीगका आयोजन पूर्ण रुपले पाकिस्तानमा गराएकाले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)लाइृ धन्यवाद दिएका छन् । उनले भने “मेरो लागि पीएसएलको पाकिस्तान फर्काउनु ठुलो कुरा हो, मैले हेरे श्रीलंका, बांग्लादेश, विश्व एकादशको टीम पाकिस्तान आएको, क्रिकेट पाकिस्तान फर्किन्छ, हामी यसको पूर्णरुपले फर्काउन  उम्मीद गरेका छौँ, पीएसएललाई पाकिस्तानमा गराउनु धेरै नै ठुलो उपलब्धि हो ।”

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech