2020-04-02 18:22:29

मिथिला परिक्रमाको डोला नेपालमा, महोत्तरीमा भव्य स्वागत

प्रकाशित

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमाको डोला आज नेपाल आएको छ । दुईदिन भारतमा रहेर डोला नेपाल आएपछि महोत्तरीको मठियानीमा भव्य स्वागत गरिएको छ । 

१५ दिनसम्म मिथिला बिहारी र किशोरीजीको डोलासंगै जनकपुरधाम क्षेत्रको परिक्रमा गरिने मध्यमा परिक्रमामा यसपाली पनि लाखौं व्यक्ति सहभागि भएका छन् । पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आइतबार धनुषाको मिथिला बिहारी मन्दिरमा डोला उठाएर औपचारिक रुपले शुरुवात गरिसकेका थिए । 

मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह सहित तीनटा परिक्रमा हुने गर्छ । मध्यमा र अन्तगृहमा लाखोको सहभागिता हुने गरेको स्थानीयवासीहरु बताउँछन । तर बृहत परिक्रमा गर्नेहरु पनि आफनो हिसाबले भक्तजनहरु गरिरहन्छन् । परिक्रमाका सहभागी राती गाउँभन्दा टाढा खुला चौर, बगैंचा वा पोखरीको डिलमा विश्राम गर्ने गरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताएका छन् ।

स्थानीय बासीहरुले उनीहरुका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागी समान लिएर जाने टायर गाडीका गोरुका लागि परालसमेत उपलब्ध गराएका छन् । उनीहरुलाई निशुल्क रुपमा भोजन गराउने पराम्परा रहेको छ । हुनत धेरै व्यक्ति आफै भोजनको सबै सामग्री लिएर त्यहाँ पुग्ने गर्छन ।

२६ वर्षदेखि लगातर परिक्रममा सहभागि हुँदै आएकी मधुबन्नीवाली भनिने महिलाले हामीले कहिलेपनि निशुल्क भोजन गरिन सधै आफै बनाएर खाने गरेको बताइन । सहभागीहरु दिनभरी यात्रा गर्छन् र भजनकिर्तन तथा सत्संग गरेर रात बिताउँछन् । यो यात्राबाट यस लोकमा आत्म शान्ति र परलोकमा प्रभुको शरण पाइने यात्रामा सहभागीको विश्वास छ । यात्रामा बालबालिकादेखि ८० नाघेका वृद्धवृद्धाको सहभागिता रहेको पाइएको छ । त्यस्तै धार्मिक लस्करमा साधु, सन्त, योगी महात्मालगायत सर्वसाधारण नरनारीको सहभागिता रहने गरेको छ ।

विगत ९ वर्षदेखि यात्रामा सहभागी हुँदै आएका महोत्तरी रामगोपालपुरकी ७० वर्षीया जानकीदेवी र धनुषा भगवानपट्टिका ७५ वर्षीय अगमलाल कापरलाई मिथिला परिक्रमाको यात्राले यसलोकमा शान्ति र परलोकमा स्वर्ग प्राप्ति हुने विश्वास छ । 

‘यो साधना हो, यसले शरीरलाई मात्र नभई मन र विचारलाई समेत स्वस्थ रहन्छ’ दुवैले भने, ‘प्रभुको नाममा गरिने परिक्रमाले बाँचुन्जेल शान्ति र मृत्युपछि स्वर्ग प्राप्ति हुन्छ ।’ परिक्रमाको महत्वलाई देखेर भारत सरकार परिक्रमा मार्गको मर्मत सम्भार गरिरहेको छ । भारतका इकजिव बैंकक ऋण सहयोगमा सो कार्य अगाडी बढाइएको छ । एक अरब ५० करोड २९ लाख २८ हजार ७२८ रुपैयाको लागतमा मध्यपरिक्रमा सडकक निर्माण तथा मर्मत सम्भार काज भइरहेको छ ।

राजधानीबाट

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech