पाकिस्तानी प्रहरीलेनै गर्याे कोर्टमा ग्रेनेड विस्फाेट, यस्तो छ जजसहित ५ जनाको अवस्था

  |   प्रकाशित :

काठमाडौं । पाकिस्तानको आतंकरोधी कोर्टमा हैड-ग्रेनेड विस्फाेट भएकाे छ । 

पाकिस्तानको कराँचीस्थित आतंकरोधी कोर्टमा सबुतको रुपमा पेश गरिएको हैड-ग्रेनेडका कारण धमाका भएको हो । 

उक्त धमाकामा ५ जना घाइते भएको जनाइएको छ । आतंकरोधी कोर्टमा अवैध विस्फोटक पदार्थको मामलेमा भइएहेको सुनुवाईकै बेला धमाका भएको अधीकारीहरुले जनाएका छन् । 

यस दैरान जजले सिंध प्रान्तका एक पुलिसलाई भने, ‘हैड-ग्रेनेडको काम कसरी गर्छ, तपाईलाई थाहा छ ।’ त्यसपछि प्रहरी अधिकारीले जजलाई हेराउनकैलागि ग्रेनेडबाट पिन थुत्यो, र पिन थुत्ने बितिकै धमाका भयो । 

धमाकामा जज, २ जना प्रहरी कन्टेबल र कोर्ट क्दर्क ५ जना घाइते भए । घाइते पाँचै जनालाई नजिकको हस्पिटलमा भर्ना गरिएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech