2020-04-02 19:11:39

महंगो सम्बन्धबिच्छेद भोगेका बलिउडका यी कलाकार, यसरी गुमाए करोडौं रुपैयाँ र सम्पत्ति !

प्रकाशित

भारतीय सिनेमा उद्योग बलिउडमा सम्बन्ध जोडिनु र तोडिनु सामान्य बन्दै गएको छ। बितेका केही बर्षहरुमै हामीले कैयौं बलिउड जोडीहरु अलग्गिएको देखेका छौं। शीलशीला अझै जारी छ, कोंकणा सेन शर्मा र रणवीर शोरेले पनि एक अर्कोलाई डिभोर्स दिने भएका छन्।

बलिउडमा यस्ता कैयौं चर्चित जोडीहरु छन्, जो जीवनमरणको कसम खाएका प्रियतमसँग अलग्गिए। यीमध्ये केहीको सम्बन्धविच्छेद सहजै भयो भयो केहीले निकै महंगो मूल्य चुकाएर सम्बन्ध तोडे। आज हामी यस्तै महंगो डिभोर्स गरेका बलिउडका ताराहरुबारे चर्चा गर्दैछौं : 

फरहान अख्तर : 

फहरानले आफ्नी पत्नी अधुना भंवानीसँग सन् २०१७ मा सम्बन्धबिच्छेद गरेका थिए। १६ बर्ष लामो सहकार्य टुट्दै गर्दा अधुनाले मुम्बईमा रहेको घर आफैंले राख्ने इच्छा व्यक्त गरिन्। मुम्बईको ब्याण्डस्ट्याण्डस्थित १० हजार हजार फुटमा फैलिएको आलिशान बंगलामा फरहान र अधुना बस्ने गर्थे। तर सम्बन्ध टुटेसँगै यो घर बंगला अधुनाले आफुसँगै राखिन्। यतिमात्र कहाँ हो र बच्चाहरुको पालनपोषणका लागि फरहानले अधुनालाई निकै धेरै रकम समेत दिनुपरेको थियो। 

ऋतिक रोशन : 

सन् २०१२ मा सुजैन खानसँग ऋतिकले सम्बन्धबिच्छेद गरेका थिए। यसका लागि ऋतिकले सुजैनलाई ३ अर्ब ८० करोड भारतीय रुपैयाँ दिएका थिए। 

सञ्जय दत्त : 

सञ्जय दत्तले दोस्री पत्नी रिया पिल्लईसँग सम्बन्धबिच्छेद गर्दा आफुसँग भएको सुविधासम्पन्न लक्जरी अपार्टमेन्ट र महंगा गाडीहरु दिएका थिए। यो पनि बताइन्छ कि सञ्जयले निकै लामो समयसम्म रियाको दैनिक आवश्यकताका लागि रकम समेत दिनुपरेको थियो।

आमिर खान : 

पहिली पत्नी रीना दत्तासँग तलाक लिएपछि आमिर खानले उनलाई ५० करोड रुपैयाँ दिनुपरेको थियो। दुई बच्चाकी आमा रीनासँग सम्बन्ध टुङ्ग्याएपछि आमिरले किरण रावसँग विवाह गरेका थिए।

सैफ अलि खान : 

अमृता सिंहसँग सम्बन्धबिच्छेद गरेपछि सैफ अलि खानले ५ करोड रुपैयाँ दिएका थिए। यो मध्ये साढे दुई करोड रुपैयाँ पहिले नै दिएको र आफ्ना छोरा इब्राहिम १८ बर्षको नहोउञ्जेलसम्म उनले अमृतालाई मासिक एक लाख रुपैयाँ दिनुपरेको थियो। 

आदित्य चोपडा : 

रानी मुखर्जीसँग विवाह गर्नका लागि आदित्य चोपडा आफ्नी पहिली पत्नी पायल खन्नासँग अलग भएका थिए। सम्बन्धविच्छेद पछि आदित्यले पायललाई ५० करोड भारतीय रुपैयाँ दिएका थिए। 

अरबाज खान : 

मलाइका अरोरासँग सम्बन्ध तोड्ने क्रममा अरबाजले १० देखि १५ करोड रुपैयाँ तिर्नुपरेको बताइन्छ। तर यो मामिला अदालतसम्म पुगेकाले अरबाजले यो रकम अदालतमै तिरे या सीधै मलाइकालाई तिरे भन्नेबारे अहिलेसम्म स्पष्ट भएको छैन।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech