2020-04-02 19:33:10

नायक अनमोल केसीले पाँच लाख ठगेको भन्दै उजुरी 

प्रकाशित

काठमाडौं : चल्तीका नायक एवं सदाबहार अभिनेताका रुपमा चिनिने कलाकार भुवन केसीका छोरा अनमोल केसीविरुद्ध ठगी गरेको भन्दै उजुरी परेको छ।

धुपौरे नाम चलचित्रका निर्माताद्वय जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले फिल्म खेल्छु भन्दै अनमोलले पाँच लाख रुपैयाँ एड्भान्स लिएको, तर फिल्म पनि नखेलेको र सो पैसा पनि नदिएको’ भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी गरेका हुन्। 

अनमोलले असोज ३ मा ४० लाख रुपैयाँ पारिश्रमिक लिए फिल्ममा अभिनय गर्ने भन्दै पेस्कीबापत पाँच लाख रुपैयाँ लिएको, तर पछि फिल्म नखेल्ने खबर सार्वजनिक भएको थियो। धुपौरे चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गर्दै थिए। 

ठगीको उजुरी परेपछि प्रहरीले अहिले अनमोललाई ठगी प्रकरणमै खोजिरहेको, अनमोल पनि प्रहरी कार्यालय नगएको र प्रहरीले पनि शुरुमा उनलाई बोलाएरै छलफल गराउन चाहेको बुझिएको छ। 

अनमोलले आफू र अन्य प्राविधिकहरुलाई समेत अग्रिम पेस्की भुक्तानी दिन लगाएको र त्यसका लागि ३० लाख रुपैयाँभन्दा बढी खर्च भएको निर्माताहरुले बताएका छन्।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech